जुवाखालबाट पक्राउ परे मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष लालचन
नेपालबहस संवाददाता
भदौ ८, २०८० शुक्रबार ११:५६:४०
८ भदौ, काठमाडौं । प्रहरीले जुवाखालबाट मुस्ताङका एक गाउँपालिकाका अध्यक्षसहित ७ जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–८ सिर्जनाचोकस्थित होटल लक्ष्मीमा जुवा खेलिरहेको अवस्थामा घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनसहित ७ जना जुवाडेलाई पोखरा बैदमामका प्रहरी टोलीले बिहीबार साँझ रंगेहात पक्राउ गरेको हो ।
उनीहरुको साथबाट ४ लाख ४७ हजार ८० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । सुरुमा लालचनले सुरुमा प्रहरीलाई वास्तविक नाम ढाँटेपनि केरकार गर्दा सही नाम बताउँदै उनको परिचय खुलेको हो ।
पक्राउ पर्ने अन्यमा घोरपझोङका ५७ वर्षीय इन्द्रबहादुर कार्की, नवीप्रसाद थकाली, सिर्जनाचोकका शंकर ज्वारचन, पोखरा महेन्द्रपुलका गुञ्ज हिराचन, रामबजारका राजु गुरुङ र दलबहादुर हिराचन रहेका छन् ।
लाललचन गत वर्ष सम्पन्न स्थानीय तहको चुनावमा एमालेका उम्मेदवार सञ्जयकुमार थकालीलाई २ मतले पराजित गर्दै कांग्रेसबाट निर्वाचित भएका थिए । पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि शुक्रबार जिल्ला अदालत कास्कीमा पेस गरिने प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयुके पठाइ दिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
पुष २६, २०८१ शुक्रबार
पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
आर्थिक रूपमा परनिर्भर बन्दै गएको अवस्थामा पृथ्वीनारायण शाहलाई कसरी सम्झने ?
पुष २७, २०८१ शनिबार
जर्मनीमा पहिलो पटक अत्यधिक भाइरल सङ्क्रमण पुष्टि
पुष २७, २०८१ शनिबार
चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण
पुष २७, २०८१ शनिबार
जुम्लामा आठ हजार आठ २९ छात्रालाई क्यान्सरविरूद्धको खोप लगाउने तयारी
पुष २७, २०८१ शनिबार
क्यालिफोर्निया आगलागीमा लुटपाट बढे पछि लगाइयो कर्फ्यु, २० पक्राउ
पुष २७, २०८१ शनिबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार