बैतडीमा राहदानी बनाउनेको सङ्ख्या ह्वात्तै बढ्यो
नेपालबहस संवाददाता
भदौ ८, २०८० शुक्रबार १२:३४:७
८ भदौ, बैतडी । बैतडीमा नेपाली नागरिकताको प्रमाणपत्र बनाउनेको सङ्ख्या घटेको छ भने राहदानी बनाउनेको सङ्ख्या बढेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क हेर्दा नागरिकता बनाउनेको सङ्ख्या घटेको र राहदानी बनाउनेको सङ्ख्या बढ्दै गएको हो ।
गत आर्थिक वर्ष २०७९/८० मा छ हजार तीन सय ३८ जनाले नागरिकता बनाएका बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । यसमा तीन हजार तीन सय ९६ पुरुष र दुई हजार नौ सय ४२ महिलाले नागरिकता बनाएका हुन् । जसमध्ये १२ जनाले वैवाहिक अङ्गीकृत नागरिकता बनाएका छन् । यस्तै पाँच जनाले नेपाली नागरिकताको प्रमाणपत्र परित्याग गरेका छन् ।
आर्थिक वर्ष २०७८/७९ मा आठ हजार पाँच सय १४ जनाले नागरिकता बनाएका थिए । यो एक वर्षको अवधिमा चार हजार दुई सय ५७ पुरुष र चार हजार दुई सय ५७ महिलाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् । यस्तै २० जनाले वैवाहिक अङ्गीकृत नागरिकता बनाएका छन् । यस्तै चार जनाले नेपाली नागरिकताको प्रमाणपत्र परित्याग गरेका छन् ।
आव २०७७/७८ मा पाँच हजार पाँच सय ६४ जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए भने छ जनाले नागरिकताको प्रमाणपत्र परित्याग गरेका थिए ।
यसैबीच यहाँबाट राहदानी बनाउनेको सङ्ख्या ह्वात्तै बढेको छ । गत वर्ष २०७९/८० मा जिल्ला प्रशासन कार्यालयबाट दुई हजार छ सय ८० जनालाई राहदानी वितरण गरिएको छ । जसमा दुई हजार चार सय ९६ पुरुष र एक सय ८४ महिला रहेका छन् । यो वर्ष द्रुत सेवाका लागि एक जनाको पनि सिफारिस गरिएको छैन ।
यस्तै आव २०७८/७९ मा छ सय २२ जनालाई राहदानी वितरण गरिएको छ । यसमा पाँच सय ३५ पुरुष र ६४ महिलाले राहदानी बनाएका हुन् । यसका साथै द्रुत सेवाका लागि आठ सय छ जनाले राहदानीको सिफारिस गरिएको जनाएको छ । आव २०७७/७८ मा यहाँका तीन सय ९२ जनालाई राहदानी वितरण गरिएकामा चार सय ३१ जनालाई द्रुत सेवाका लागि सिफारिस गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतारजालीको छेकबारले मानव–वन्यजन्तुबीचको द्वन्द्वमा कमी
मंसिर ९, २०८१ आइतबार
जिसस कैलालीको प्रमुखमा कांग्रेसकी चौधरी निर्वाचित
मंसिर ५, २०८१ बुधबार
सुरक्षाका अधिकारीलाई गृहमन्त्रीले भने, जति गरिराख्नु भएको छ त्यतिले पुगेन
मंसिर ४, २०८१ मंगलबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ११, २०८१ मंगलबार
आज यी तीन प्रदेशमा पानी पर्ने सम्भावना
मंसिर ११, २०८१ मंगलबार
आज काठमाडौं यी स्थानमा बिजुली काटिने
मंसिर ११, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर ११, २०८१ मंगलबार