बर्दिबासमा जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
नेपालबहस संवाददाता
भदौ ८, २०८० शुक्रबार १३:१०:४५
८ भदौ, काठमाडौं । महोत्तरीमा जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–१० लक्ष्मीनियास्थित प्र २–००१च १२३१ नम्बरको जीपले प्र २–०२–००६ प ३४७८ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिँदा मोटरसाइकल चालक गौशाला नगरपालिका–८ का ५१ वर्षीय भुवन ग्रान्जाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीरु घाइते अवस्थामा उद्धार गरी बर्दिबासस्थित ट्रमा सेन्टरमा पुर्याई उपचार गराउने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।
दुर्घटनामा सोही ठाउँका ५० वर्षीय वीरबहादुर मगर र गौशाला–१२ का ३५ वर्षीय आयुषमान लामाको उपचार भइरहेको छ । लामो काठमाडौं तथा मगरको बर्दिबास ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
मृतक ग्रान्जाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ । ठक्कर दिने जीप र र जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १३, २०८१ बिहिबार
पाकिस्तानमा भारतले च्याम्पियन ट्रफी नखेल्ने भए पछि शुक्रबार थप निर्णय लिइने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री आरजु राणा आज चीन जाँदै
मंसिर १३, २०८१ बिहिबार
पहाड र तराईका केही स्थानमा हुस्सु र तुवाँलो, हवाइ क्षेत्र प्रभावित हुने
मंसिर १३, २०८१ बिहिबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार