रोजगार संयोजक शाेभाद्वारा सरकारी कुर्सीको दुरुपयोग, बेकामे बन्यो रोजगार कार्यक्रम
नेपालबहस संवाददाता
भदौ ९, २०८० शनिबार १३:१४:८
९ भदौ, इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको रोजगार संयोजक शाेभा कुमारी मेहताले सरकारी कुर्सीको दुरुपयोग गरेको पाइएको छ । पालिकाको कार्यालयमा राखिएकाे शाेभा कुमारी मेहता रोजगार संयोजक लेखेको नेमप्लेट अगाडि राखिएकाे रोजगार संयोजकको नाबालक छोराले सरकारी कुर्सीमा बसेको तस्विर सार्वजनिक भएको छ ।
बिहीबार रोजगार संयोजक शाेभा कुमारी मेहताले आफ्नो नाबालक छोरालाई सरकारी कुर्सीमा बसाएर पालिकाको महत्त्वपूर्ण कामकाजको रेकर्ड राखेको ल्यापटप समेत चलाउन दिएर काम विशेषले बाहिर गएको रहस्य बाहिरिएको छ ।
कार्यालय समयमा नाबालक बालकलाई कार्यालयमा ल्याउने गरेको र काम भन्दा बढी बालकको स्याहार सुसारमा बढी समय खर्चिने गरेको उनी माथि आरोप छ । उनले विभिन्न समयमा फर्जी बिल समेत पेस गरि लाखौं रकम भ्रष्टाचार गरेको आरोप छ ।
शाेभा मेहताको श्रीमान नेपाली काङ्ग्रेसको कार्यकर्ता भएको कारण उनलाई कार्यबाही नगरेको बताइएको छ । राजनीतिक पहुँचको आधारमा लामो समय देखि कुर्सी टिकाउन सफल हुँदै आएकोले भ्रष्टाचारमा समेत लिप्त रहेको आरोप उनी माथि लाग्ने गरेको छ ।
पालिकाअध्यक्ष नेपाली काङ्ग्रेसबाट निर्वाचित भएकोले कुर्सी टिकाउन समेत गाह्रो नभएको र अन्य कर्मचारीको जिम्मेवारीलाई हेरफेर गरेपनि शाेभा कुमारी मेहतालाई रोजगार संयोजकको पदमा लामो समयदेखि जिम्मेवारी दिएको छ ।
भोक्राहा नरसिंहमा बेकामे बन्यो रोजगार कार्यक्रम, असक्षम रहयो रोजगार संयोजक
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा रोजगारका कार्यक्रम प्रभावकारी रुपमा संचालन नगरेकोले बेकामे बनेको छ । रोजगार कार्यक्रमका लागि विनियोजन गरेको बजेट पारदर्शिता नभएको र कार्यक्रम संयोजक भ्रष्टाचारमा लिप्त भएपछि रोजगार कार्यक्रम बेकामे बनेको हो ।
भोक्राहा नरसिंह गाउँपालिकाका रोजगार संयोजक शोभा कुमारी मेहताले आफूखुशी काम गरेको र काम भन्दा कुरा मात्रै बढी गरेकाले प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावहीन बनेको स्थानीयबासीहरुले गुनासो गरेका छन् ।
मेहताले आफ्नो शीर्षकमा परेको बजेट कार्यक्रमलाई कागजमा सीमित पारी कयौँ फर्जी बिल भरपाई बनाएर आर्थिक अनियमिततामा लिप्त भएको कामदारहरूले आरोप लगाएका छन् । कामदारहरू आक्रोशित हुँदै आफुहरुले समयसम्म काम गरेको भएपनि भुक्तानी नपाएको गुनासो पोखेका छन् ।
मेहताले आवश्यकतामा आधारित नभई कागजी बिल भर्पाइ मिलाउँदै काममा व्यस्त बनेको कामदारहरूले गुनासो गरेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि भोक्राहा नरसिंह गाउँपालिकामा गत आर्थिक वर्ष २०७७/७८ मा सशर्त अनुदान तर्फ ९६ लाख रूपैँया बजेट रहेकोमा पारिश्रमिक बाहेक श्रमिकका लागि पोशाक हेलमेट, कोदालो, खुर्पी, कुचोसहितका सामग्री र उपकरणमा अनियमितता समेत गरेको मेहता माथि कामदारको आरोप छ ।
यसै गरी आर्थिक वर्ष २०७८/७९ मा रोजगार प्रबर्द्धन, गरिब घर परिवार पहिचान, प्रधानमन्त्री रोजगार कार्यक्रम सहित जम्मा १ करोड रकम विनियोजन गरेको थियो । १ करोड रकम विनियोजन भएपनि पालिकामा वृक्षारोपण गरिएको बिरुवा मध्ये कति सडे, कति सुके रोजगार संयोजकलाई नै थाहा छैनन् ।
गाउँपालिका श्रोतका अनुसार रोजगार संयोजक मेहताले कागज मिलाउनका लागि थोरैँ काम गरी धेरै फोटो सामाजिक सञ्जाल फेसबुकमा पोस्टाएर नाटक मात्रै देखाउन खोजेको जनाएको छ ।
सरकारले बेरोजगारहरुलाई रोजगार दिने स्थानीय उपभोक्ता समितिको काममा सघाउ गर्ने, स्थानीय काम स्थानीय श्रोत साधनबाट सञ्चालन गर्नुपर्ने कुरालाई ध्यानमा राखेर प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको भएपनि रोजगार संयोजक नियुक्ति देखी कार्यान्वयनसम्म विवादग्रस्त रहेकाे कार्यक्रम संयोजक मेहता माथि लागेको आरोप पटक पटक बाहिर आएको छ । उनी गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष पुनम कुमारी मेहताको आफन्त परेकै कारण पालिकामा जागीर लगाएर प्रधानमन्त्री रोजगार कार्यक्रमको संयोजकमा जिम्मेवारी दिएको थियो ।
भोक्राहामा वृक्षारोपण गरिएकामध्ये कति बिरुवा सडे र कति मरे केही थाहा छैन
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न सडक अन्तर्गत, विद्यालय, मदर्शा, मन्दिर, मस्जिद, सार्वजनिक स्थल वा कार्यालयको परिसर तथा सडक खण्डको किनारमा तीन वर्षको अवधिमा करीब १ लाख भन्दा बढी बोटबिरुवा रोपिएका छन् ।
वृक्षारोपणमा भन्दा विरुवाको संरक्षण गर्ने र हुर्काउनेमा प्रतिस्पर्धा हुनुपर्ने हो । कतै पानीको अभाव र कतै संरक्षण कै अभावमा विरुवा सडेको र कति मरेको रोजगार संयोजकलाई नै थाहा छैन। वृक्षारोपण गरेपछि संयोजकसहितका टिमले फेरि हेर्न भ्याएको छैन ।
गाउँपालिका भित्र रोपिएका करिब १ लाख विरुवाको रेखदेख गर्ने जिम्मा रोजगार संयोजकको रहेको छ । तर रोपिएका कति विरुवा सरे र कति स्थानका विरुवा मरे भन्ने बारेमा जानकारी नै छैनन् ।
विरुवामा पानी नहालेको कारण सुकेको हो । रोपिएपछि पानी हाल्ने कामदार नभएर विरुवा सुकेको हो । रोपिएको विरुवाहरु अहिले हेर्दा कुन ठाउँमा रोपिएको थियो थाहा हुँदैन । विरुवाको डाँठ सुकेको हो होइनन् भन्ने छाडौँ । विरुवा सुकेर नष्ट भइसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
पुष १९, २०८१ शुक्रबार
आगामी नेपाल प्रिमियर लिग चितवनमा गर्नेगरी काम अघि बढाएका छौँ : मेयर रेनु दाहाल
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
विश्व खाद्य वस्तुको मूल्य सन् २०२४ मा दुई प्रतिशतले गिरावट
पुष १९, २०८१ शुक्रबार
पछिल्लो समय अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन सीआइबीको आग्रह
पुष १९, २०८१ शुक्रबार
राप्रपा नेपालको केन्द्रीय समिति बैठक स्थगित
पुष १९, २०८१ शुक्रबार
स्थिरता, स्थायित्व र विकासका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री सिंह
पुष १९, २०८१ शुक्रबार