धरानमा सद्भाव कायम गराउन राजनीतिक दल र जनप्रतिनिधिहरू एक ठाउँमा
नेपालबहस संवाददाता
भदौ ८, २०८० शुक्रबार १४:५७:३९
८ भदौ, काठमाडौं । केही दिनपहिले सुनसरीको धरानमा भएको भनिएको गोरु काटिएको घटनापछि धरानमा उत्पन्न सदभाव खल्बल्याउने किमिसमका गतिविधि रोक्न स्थानीय तह, राजनीतिक दल तथा अभियन्ताहरु सदभाव कायम गर्ने काममा लागेका छन् ।
शुक्रकार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एक प्रेस विज्ञप्ति निकाले एकाध घटनालाई लिएर सामाजिक संजालमा समाजिक सद्भाव र सहिष्णुता खलबल्याउने किसिमका गतिविधि र व्यवहार भइरहेको भन्दै त्यस्ता क्रियाकलाप रोक्न अपिल गरेका छन् । उनले धरान धार्मिक, सांस्कृतिक भौगोलिक विविधता भएको शहर भएको र यसका संरक्षणमा सबै जाति, समुदाय र धर्मालम्बीहरु एकतावद्ध रहेको बताए ।
सामाजिक शान्ति कायम गराउन उनले सबैसँग आग्रह गरेका छन् । विरोध र प्रतिशोध बढाउने कुनै खालका प्रचार र गतिविधि नगर्न विशेष अनुरोध हामी नेपाली सयौं फूलका एउटै माला भएको यथार्थ स्मरण गर्न समेत अपिल गरेका छन् ।
बिहीबार मात्र पूर्वजनप्रतिनिधिहरुले संयुक्त अपिल जारी गर्दै धरानमा सद्भाव कायम गर्नुपर्नेमा जोड दिएका छन् । पूर्वमेयर तथा नागरिक अगुवा कुमारबहादुर कार्कीको पहलमा निवर्तमान मेयर तिलक राई, पूर्वमेयर कुमारबहादुर कार्की, पूर्वमेयर मनोजकुमार मेन्याङबो र पूर्वउपमेयर मीनकुमार सुब्बाले संयुक्त अपिल निकालेर एकाध घटनालाई विषय बनाएर समाजमा शान्ति बिथोल्ने काम नगर्न सबैसँग अपिल गरेका थिए । वार्ता र छलफलमा समस्याको समाधान गर्न सकिने बताएका थिए ।
सदभावका लागि धरानमा शुक्रबार दिउँसो २ बजे शान्ति र्यालीको अयोजना गरिएको छ । बिहान सर्वदलीय बैठक समेत बसेको छ । बैठकले शान्ति र्यालीमा सबै समूदायका नागरिकलाई सहभागी हुन अपिल गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
पच्चीस लाख खर्चेर सुन्दरहरैँचामा मौरीपालन
पुष १६, २०८१ मंगलबार
चिसो बढ्दै गएपछि सोलुखुम्बुमा आगो ताप्ने व्यवस्था
पुष १५, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार