देश कठिन मोडमा छ, प्रमुख दलहरु मिलेर जाँऊः ओली
नेपालबहस संवाददाता
भदौ ८, २०८० शुक्रबार १५:५९:१४
८ भदौ विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश कठिन परिस्थितिमा गुज्रन पुगेको भन्दै केहि समय जिम्मेवार दलहरु मिलेर काम गर्न आवश्यक भएको बताएका छन् । उनले सवैतिबाट देश कठिन मोडतर्फ धकेलिन पुगेको भन्दै उनले प्रमुख दलहरु नमिले स्थिति विग्रने अवस्थामा पुगेको बताएका छन् ।
शुक्रबार मोरङको विराटनगरमा आयोजित पत्रकार भेटघाटमा ओलीले देशलाई कठिन परिस्थितिमा पुग्नबाट बचाएर आर्थिक विकास र सुशासनका विषयलाई अगाडी बढाउन दलहरुले एकअर्कामा दोष देखाएर नभइ राजनीतिक शक्तिहरु मिलेर जानुपने बताए । अरु नमिले पनि प्रमुख जिम्मेवार राजनीतिक दलहरु मिलेर जिम्मेवारीका साथ अगाडि नगए परिस्थितिले कोल्टे मोड लिने बताए ।
आर्थिक विकास र सुशासनका लागि प्रमुख राजनीतिक दलहरु मिलेर अगाडि बढ्नुपर्ने बताएका ओलीले कांग्रेस र एमाले मिल्न नसकेको अवस्थामा दल मिल्नुपर्ने परिस्थिति खडा हुँदै गएको बताएका हुन् । उनले भने, ‘प्रणालीको रक्षा, देशको विकास, संविधानको रक्षा, अनियमितता, वेथिति, भ्रष्टाचार, तस्करी नियन्त्रण र आर्थिक विकासका लागि प्रमुख राजनीतिक दलहरु मिल्नुपर्छ ।’ ओलीले भने, एमालेको मान्यता यही हो ।
ओलीले कोशी प्रदेशमा असंवैधानिक काम भइरहेको भन्दै अब आफ्नो दलको सरकार बन्ने दाबी गरे । ओलीले सत्ता गठबन्धनको अलोकतान्त्रिक र असंवैधाािनक क्रियाकलापका कारण कोशीमा अस्थिरता आएको बताए । सत्ता पक्षले नबनेको सरकार बनायो, सभामुखलाई राजीनामा गर्न लगाउने जस्ता काम भएको भन्दै ओलीले कांग्रेस जस्तो पुरानो पार्टीले एकछिनका लागि बलजफ्ती गरेर संविधान मिच्ने गर्नु गलत भएको बताए । ?
हिजो हतियार उठाएर हिँडेको माओवादीले संविधान नमान्नु ठूलो विषय नभएको बताउँदै उनले कांग्रेसले नबुझ्नु दुखद भएको बताए । सरकार चलाउन ४७ बहुमत पुर्याउन एमाले सक्षम रहेको उनको भनाइ छ । गिरिबन्धु टि स्टेट जग्गा प्रकरणबारे सोधिएको अर्को जिज्ञासामा ओलीले त्यसलाई ‘चिल आयो, चिल आयो भनेर कुखुरा चोर्ने तरीका’ भनेर टिप्पणी गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
वामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउने प्रयास जारी छः माधव नेपाल
पुष २७, २०८१ शनिबार
आर्थिक संकट मोचनको लागि सात बुँदे सहमति : उपसभापति गुरुङ
पुष २७, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार