महिलालाई आत्मनिर्भर बनाउन महानगर लगानी गर्न तयार छ : मेयर सिंह
आबिद हुसेन
भदौ ८, २०८० शुक्रबार १६:१४:२०
८ भदौ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले महिलाहरूलाई आत्मनिर्भर बनाउन महानगरले क्षमता अभिबृद्धिका कार्यक्रम विशेष प्राथमिकतामा राखेर गरिरहेको बताएका छन् ।
उमन स्किल सेन्टरको १० औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्किल सेन्टरले गरिरहेको कामको सह्राना पनि गरे । उनले स्किल सेन्टरसँग हातेमालो गर्दै वीरगञ्जका महिलाहरूलाई सक्षम र आत्मनिर्भर बनाउन कार्यक्रम संचालन गर्न आफू तयार रहेको बताएका हुन् ।
‘महिला दिदी बहिनीहरुलाई आत्मनिर्भर बनाउन उनीहरुको क्षमता अभिबृद्धिका लागि आउनुस सँगै हातेमालो गरेर काम गरौँ,’ उनले भने, ‘नाम मात्रैको तालिम नभई योगदान दिन सकिने गरि क्षमता अभिबृद्धिको कार्यक्रम गरौँ, त्यसका लागि महानगर लगानी गर्न तयार छ ।’
फरक प्रसंगमा उनले वीरगञ्जमा भइरहेको राम्रा काम नपचेकाहरुले महानगरलाई विवादित बनाएर काम गर्न नदिने षड्यन्त्रमा लागेको बताउँदै कसैले हेकी भनेको भरमा आफूहरुको वीरगञ्ज बनाउन काम गर्ने रफ्तार नरोकिने स्पष्ट पारे । कार्यक्रममा स्किल सेन्टरले शारिरिक रुपमा असक्त ३ जनालाई ह्विल चेयर प्रदान गरिएको थियो ।
सेन्टरकी अध्यक्ष चञ्चला दासको सभापतित्वमा सम्पन्न कार्यक्रममा उद्योग वाणिज्य संघ वीरगञ्जका अध्यक्ष अनिल अग्रवाल, पूर्व अध्यक्ष सुबोध गुप्ता, उद्योगी अशोक टेमानी, फोरजिआरकी नुतन सरावगी लगायतको सहभागिता रहेको थियो ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १३, २०८१ बिहिबार
पाकिस्तानमा भारतले च्याम्पियन ट्रफी नखेल्ने भए पछि शुक्रबार थप निर्णय लिइने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री आरजु राणा आज चीन जाँदै
मंसिर १३, २०८१ बिहिबार
पहाड र तराईका केही स्थानमा हुस्सु र तुवाँलो, हवाइ क्षेत्र प्रभावित हुने
मंसिर १३, २०८१ बिहिबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार