ग्रीसमा भएको ३ नेपाली अपहरणमा काठमाडौंमा फिरौती लिने गिरोह पक्राउ
नेपालबहस संवाददाता
भदौ ८, २०८० शुक्रबार १६:१८:५९
८ भदौ, काठमाडौं । रोजगारीको सिलसिलामाग्रीस पुगेका ३ नेपाली नागरिकलाई अपहरणपछि बन्धक बनाएर फिरौती लिएको आरोपमा काठमाडौ.बाट ४ जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा धनकुटाको महालक्ष्मी नगरपालिका–५ का शिवराज कुँवर, काठमाडौंको तार्केश्वर नगरपालिका–५ का ५६ वर्षीय रामेश्वर अर्याल, कपिलवस्तुको शिवराज नगरपालिका–१ प्रकाश बेलबासे र पर्वतको फलेवास नगरपालिका–१ शंखरपोखरीका ४२ वर्षीय दिलबहादुर थापा रहेको सीआईबीले जनाएको छ ।
वैदेशिक रोजगारीका लागि ग्रिस पुगेका मोरङको रंगेली नगरपालिका–२ की २५ वर्षीया सबित्रा थापा, उदयपुरको त्रियुगा नगरपालिका–३ का कृष्ण कार्की र काभ्रेको नमोबुद्ध–१ मथुरापाटीका राजन सत्याल गत जेठमा अपहरणमा परेका थिए । अभियुक्तहरुले ग्रीसमा ‘हिन्दी बोल्ने, पाकिस्तानी भाषा बोल्ने व्यक्ति लगाएर अपहरण गराएको खुलेको छ ।
अपहरण गरी बन्धक बनाएर ज्यान गोगाउने भए घरबाट पैसा मगाउन धम्की दिई अपहरितहरुले ह्वाट्सएप मार्फत् उनीहरुका परिवारका व्यक्तिलाई फोन गरेर प्रतिव्यक्ति १५ हजार युरोका दरले काठमाडौंमा फिरौती रकम बुझाएर अपहरणमुक्त भएका थिए ।
मुक्तपछि आफन्तले साउन ३२ मा काठमाडौं प्रहरीमा उजुरी दिएका थिए । उजुरीका आधारमा अनुसन्धानका क्रममा ग्रीसका अपहरणकारीका एजेन्टहरु नेपालमा रहेको पत्ता लगायो । चार जनालाई पक्राउ सफल भएको हो । बेलवासे हाल दुबइमा रहेका छन् ।
पक्राउ परेकाको कोठाबाट २१ हजार ७५ हजार रुपैयाँ बरामद भएको सीआईबीले जनाएको छ । उनीहरुविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद थप लिएर अनुसन्धान जारी रहेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
आमा छोराको हत्या गरी शव जलाउने जनिफ ४ वर्ष पछि पक्राउ
मंसिर ११, २०८१ मंगलबार
प्रतिबन्धित औषधीसहित झापाबाट एक जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित
मंसिर १२, २०८१ बुधबार
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
मंसिर १२, २०८१ बुधबार
रास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार
रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार