धरानमा आपसी सदभाव कायम राख्न सर्वदलीय अपिल
नेपालबहस संवाददाता
भदौ ८, २०८० शुक्रबार १७:५०:८
८ भदौ, विराटनगर । संभावित दुर्घटनालाई लिएर धरानका सबै राजनीतिक दलहरूले सद्भावको अपिल गरेका छन् । संयुक्त वक्तव्य जारी गर्दै दलहरूले सम्भावित दुघर्टना रोक्न शनिबार धरानमा तय गरिएका सबै कार्यक्रम स्थगित गर्न आग्रह गरेका छन् ।
परिस्थितिको गाम्भीर्यतालाई मनन गर्दै सामाजिक सञ्जाल लगायतबाट सामाजिक सदभाव खल्बलिने सामग्रीहरू पोष्ट, शेयर तथा कमेन्ट नगरिदिन सबैमा अपिल गरिएको छ । वक्तव्यमा भनिएको छ, ‘अतः भोलि भाद्र ९ गते सम्बन्धित पक्षहरुबाट धरानमा आयोजना गर्न लागिएका पुर्वनिर्धारित कार्यक्रमहरू स्थगित गरी वातावरण सहज बनाउन भुमिका निर्वाह गरिदिन हुन हार्दिक अनुरोध छ ।’
दलहरूले सामाजिक द्वोष तथा आस्था भावनामा ठेस पुर्याउने गतिविधि नगरिदिन आग्रहसमेत गरेका छन् । धरानमा देखा परेको धार्मिक तथा सांस्कृतिक विवाद वार्ताको माध्यमबाट हल गर्न पहलकदमी लिने दलहरूले प्रतिबद्धता समेत जनाएका छन् । धार्मिक द्वन्द्वको खतरा बढेर गएपछि स्थानीय प्रशासनले धरानमा निषेधाज्ञा जारी गरेको छ भने जनप्रतिनिधिहरूले संयमता अपनाउन सर्वसाधारणमा अपिल गरेका छन् ।
यस्तै जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान उपमहानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी गरेको छ । धार्मिक-साम्प्रदायिक, जनस्वास्थ्य संकट तथा शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर राखी संक्रामक रोग ऐन २०२० को दफा (२) तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम शुक्रबार राति १२ बजेदेखि शनिबार राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले शुक्रबार सूचना जारी गर्दै धरान उपमहागनर क्षेत्रभित्रका सबै वडाहरूमा सामाजिक, धार्मिक, राजनीतिक सभा, भेला र प्रदर्शन नगर्न आग्रह गरेका हुन् । तर अत्यावश्यक काम भने सुरक्षा निकायसँगको समन्वयमा गर्न सकिने सूचनामा उल्लेख छ ।
निषेधाज्ञा धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम बाटो बराहक्षेत्र नगरपालिका–१ मा पर्ने झन्डा चोकदेखि धरान तर्फको क्षेत्र, पश्चिम दक्षिण रामधुनी नगरपालिका–६ बाट बराहक्षेत्र नपा–३ नडाहा चोकबाट धरान तर्फको क्षेत्रमा लागू हुनेछ । त्यस्तै इटहरी उपमहानगरपालिका–२० तरहरा पानीपियादेखि उत्तर धरानतर्फको क्षेत्र र धरान उपमहानगरपालिका–५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरान तर्फको क्षेत्र तथा धनकुटा जिल्ला साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट धरान तर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार
अपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छु : अध्यक्ष प्रचण्ड
पुष २४, २०८१ बुधबार
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायललाई परराष्ट्रमन्त्रीको आग्रह
पुष २४, २०८१ बुधबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र
पुष २५, २०८१ बिहिबार
तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २५, २०८१ बिहिबार
चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
पुष २५, २०८१ बिहिबार