मानव बेचबिखन नियन्त्रणमा थप प्रभावकारी कदम चाल्न आईजीपी कुँवरको निर्देशन
नेपालबहस संवाददाता
भदौ ८, २०८० शुक्रबार १९:४:२३
८ भदौ, काठमाडौं । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले मानव बेचबिखन नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न निर्देशन दिएका छन् ।
मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलको निरीक्षण भ्रमणपछि आज आयोजित समारोहमा उनले ब्यूरोले गरेको कामको प्रशंसा गर्दै अझै समन्वयात्मक रुपमा प्रभावकारी ढङ्गबाट कार्यसम्पादन गर्न निर्देशन दिए ।
मानव तस्कर तथा बेचबिखन अपराधका गतिविधि बढ्दो क्रममा रहेको र त्यसको प्रकृति पनि फरक देखिएकाले सोहीअनुसार रणनीति तय गरी परिचालित हुन पनि उनले आग्रह गरे । प्राप्त जनशक्ति र प्रविधिको भरपुर उपयोग गरी नतिजा निकाल्ने गरी काम गर्न उनले निर्देशन दिए ।
महानिरीक्षक कुँवरले तस्करी नियन्त्रणमा अन्य सरोकार राख्ने निकायसँग समन्वयात्मक ढङ्गबाट काम गर्नुपर्नेमा जोड दिए । मानव बेचबिखन संवेदनशिल विषय भएको र नेपाली धेरै विदेशमा काम गर्न जाने हुँदा सेवा ग्राहीलाई गर्ने व्यवहार पनि सेवाग्राही मैत्री हुनुपर्नेमा उनले जोड दिए । पछिल्लो समय वैदेशिक रोजगारीका नाममा बेचबिखनका घटना बढिरहेकाले त्यसतर्फ सचेत हुन पनि उहाँले आग्रह गरे ।
सो क्रममा ब्यूरोका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले ब्यूरोले गरेका कामकारबाही र प्रगति विवरण प्रस्तुत गरेको थिए । उनले वैदेशिक रोजगारीका नाममा मानव बेचबिखन भइरहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डीआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित
मंसिर १२, २०८१ बुधबार
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
मंसिर १२, २०८१ बुधबार
रास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार
रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार