दुई वाइडबडी खरिद निर्णयमा प्रचण्ड भ्रष्टाचारमा मुछिने, अमेरिकाले माग्यो सबै विवरण
नेपालबहस संवाददाता
भदौ ९, २०८० शनिबार २०:४९:१९
९ भदौ, काठमाडौं । नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडीमा हालका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' मुछिएका छन् । अमेरिकी सरकारले केही दिन अघि नेपाल सरकार कानुन मन्त्रालयलाई लेखेको एक पत्रमा दाहालको नाम ‘कोट’गरेर विवरण मागेपछि उनी भ्रष्टाचारमा मुछिने अवस्था देखिएको छ ।
२०७३ साउन १९ मा ओली नेतृत्वको सरकार ढलेर पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा कांग्रेससहितको सरकार बनेपछि प्रचण्ड नेतृत्वको सरकारले लगानी सुनिश्चतता गर्दै विमान खरिद गर्ने निर्णय गरेको थियो । त्यति बेला प्रचण्ड सरकारले दुई वर्षअघि नै निगमको सञ्चालक समितिले वाइडबडी विमान खरिदका लागि गरेको निर्णयलाई मूर्तरूप दिएपछि लगानी सुनिश्चत भएको थियो । २०७४ वैशाख ७ को मन्त्रिपरिषद बैठकले लगानीका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिन सरकार जमानी बस्ने निर्णय गरेसँगै दुवै कोषबाट निगमले २४ अर्ब रूपैयाँ प्राप्त गरेको थियो ।
अमेरिकी सरकारले दूतावासमार्फत विमान खरिद प्रकरणमा मुछिएका १५ व्यक्तिको विवरण र खरिद प्रकरणमा उनीहरूको भूमिकाबारे कानुनी राय पनि पत्रमार्फत मागिएको छ । २०७३ पुसमा निगमले अमेरिकाको एएआर कर्प, जर्मनीको जर्मन एभिएसन क्यापिटल र पोर्चुगलको हाई फ्लाई एरोस नामक कम्पनीहरू मिलेर बनेको समूहलाई खरिदका लागि छनोट गरेर दुई वटा वाइडबडी विमान नेपाल ल्याएको थियो ।
विमान खरिद गर्ने निर्णय गर्दा र रकम निकासा गर्दा प्रचण्ड नेतृत्वको सरकार थियो भने विमान आइपुग्दा केपी ओली नेतृत्वको सरकार थियो । स्रोतका अनुसार अमेरिकी सरकारले तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकार, मन्त्रीहरू जीवनबहादुर शाही, जीतेन्द्र देव, रवीन्द्र अधिकारी , विमान ल्याउन सहयोगी भूमिका खेल्ने दीपक मल्होत्रा र उनको छोराको समेत संलग्नताबारे जानकारी मागिएको छ । स्रोतका अनुसार वाइडबडी घोटाला प्रकरणमा अमेरिकी सरकारले विशेष चासो दिइरहेको छ ।
सो प्रकरणमा ४ अर्ब ३५ करोड ५६ लाख रूपैयाँ भ्रष्टाचार भएको अनुमान गरिएको थियो । त्यस सम्बन्धमा २०७५ पुस १८ मा संसदको सार्वजनिक लेखा समितिले खरिद सम्झौतामा भ्रष्टाचार भएको निष्कर्ष निकालेको थियो। विमान बेच्ने कम्पनी समूहभित्रको एक अमेरिकी कम्पनी एएआर कर्पले आफ्ना कर्मचारीहरूले नेपाल र दक्षिण अफ्रिकामा गरेको कारोबारमा अमेरिकी भ्रष्टाचारसम्बन्धी कानुन उल्लंघन गरेको हुन सक्ने जनाउँदै त्यहाँको नियामक निकायलाई जानकारी दिएको थियो । वाइडबडी खरिदकै कारण निगमले २०७९ साल पुस मसान्तसम्म नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषलाई तिर्नुपर्ने ब्याज, साँवा र जरिवानासहित कुल बक्यौता ३१ अर्ब ४० करोड रूपैयाँ नाघेको छ । तर पनि निगमलाई कसरी सञ्चालन गर्ने भन्ने बारेमा अझै कार्य योजना बनाउन सकेको छैन ।
२०७३ माघ ५ मा आपूर्तिकर्ता एएआर कर्पले निगमलाई एउटा इमेल पठाएर त्यसमा निगमलाई २३० मेट्रिक टन भारवहन भन्दा बढी क्षमताको विमान आवश्यक नहुने उल्लेख थियो । निगमले बिक्रेतालाई जवाफ दिनुको सट्टा खरिद प्रक्रियामा असंलग्न देखाइएको एयरबससँग विमानको भारवहन क्षमताबारे सल्लाह मागेको झारा टारेपछि विमान खरिदमा घोटाला सुरु भएको थियो ।
एयरबसका एक कर्मचारीले निगमलाई इमेल मार्फत पठाएको जवाफमा २४२ मेट्रिक टन क्षमताका विमानका पाँच बेफाइदा उल्लेख गर्दै एउटा मात्र फाइदा (लामो दूरीको रूटमा चलाउन) रहेको बताएका थिए । निगमले एयरबसको सल्लाहअनुसार विमानको क्षमता १२ मेट्रिक टन घटाउने निर्णय गरेको उड्डयन क्षेत्रमा लामो अनुभव भएका एक प्राविधिक दावी छ ।
विमानको भारवहन क्षमता घटाइएको बारे लेखा समितिले सोधेको प्रश्नको जवाफमा निगमका अधिकारीहरूले एयरबसको इमेल देखाउँदै निगमका लागि २३० मेट्रिक टनका विमान नै उपयुक्त हुने जिकिर गरेका थिए । जसले गर्दा विमान ल्याउन योजना बन्दा नै भ्रष्टाचारको संकेत गरेको स्रोतको दावी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
सातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
कस्तो छ आज तरकारी र फलफूलको मूल्य ?
पुष २४, २०८१ बुधबार
पाथीभरासहित ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात
पुष २४, २०८१ बुधबार
मोतियाविन्दुका बिरामीको निः शुल्क उपचार गर्दै सगरमाथा आँखा अस्पताल
पुष २४, २०८१ बुधबार
चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द
पुष २४, २०८१ बुधबार
जाडोमा कपडा लगाएर सुत्नाले निम्त्याउन सक्छ यस्ता स्वास्थ्य सम्बन्धी जोखिमहरु !
पुष २४, २०८१ बुधबार
सूर्यदर्शन सहकारी बचत अपचलन: रवि लामिछानेसहित प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २४, २०८१ बुधबार