स्थानीय युवाहरू गाईको रक्षाका लागि गाई बचाउ अभियानमा जुटे
नेपालबहस संवाददाता
भदौ ९, २०८० शनिबार २१:२४:४७
हरिवंश पाण्डे
९ भदौ, बर्दिया । बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका स्थित ठाकुरबाबा मन्दिर परिसरमा रहेको गौशालामा रहेका गाईहरूको अवस्था दयनीय देखिएपछि स्थानीय युवाहरूको समूहले गाईको रक्षाका लागि गाई बचाउ अभियान नै चलाएका छन्।
स्थानीय ठाकुरद्वारा निवासी ३१ वर्षीय शिवम् आइसक्रिम, बेकरी तथा कफी सपका सञ्चालक रमेश थापाको अगुवाइमा यो अभियान चलाएको हो। मन्दिर परिसरमा छाडा गाईहरूको व्यवस्थापनका लागि संचालित गौशालामा करिब अहिले करिब पचास बढी गाईहरू रहेका छन्। पछिल्लो समय देश व्यापी रुपमा जनावरमा फैलिएको लम्पी स्किन रोगबाट गौशालामा रहेका गाई पनि अछुतो रहन सकेनन् र गाईको दयनीय अवस्था देखेपछि आफूहरू गाई बचाउ अभियानमा अघि बढेको थापा बताउँछन्।
उनीसँग उनलाई साथ दिन युवाहरूको संख्या थपिँदै गयो र अहिले सामूहिक रुपमा गाईको उचित व्यवस्थापनमा खटिने गरेको थापा बताउँछन्। सुरुवातमा गौशाला सरसफाई र बिरामी गाईहरूको चिकित्सककाे सहयोगमा औषि उपचर गरिएको र उनीहरूलाई आवश्यक खाद्यान्न औषधिको व्यवस्थापन गरिएको छ। अहिले यस क्षेत्रका स्थानीयहरूले युवाहरूको प्रशंसा गर्दै आफ्नो जन्मदिन जस्तो विशेष दिन पारेर गाईका लागी आवश्यक खाद्यान्न सहयोग गरेर मनाउने गरेका छन्।
शनिबार जस्तो बिदाका दिनमा युवाहरू घाँस काट्ने पराल व्यवस्थापन गर्ने जस्ता कार्य गरेर गुड सटडे मनाउने गरेका छन्। यसै क्रममा आजको शनिबार युवाहरूले हरियो घाँसको व्यवस्था गरेका छन्।
ठाकुरबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रुद्र खड्काले युवाहरुले निकै उदाहरणीय कार्य गरेको भन्दै उनीहरूको प्रशंसा गरेका छन्। यो सेवा मात्र नभई धर्म पनि कमाएको खड्का बताउँछन्। सबैको हातेमालो र सहयोगले जटिल कार्य पनि सरल हुने भन्दै निःस्वार्थ भावनाले युवाहरूले गरेको कार्यको उच्च मूल्याङ्कन गरेको बताउँछन्।
परम्परागत रूपमा मन्दिरको आम्दानीबाट गाईको पाल पोषण हुँदै आएकोमा हाल मन्दिरको आयस्रोतमा कमी हुनु, चरिचरन क्षत्रको अभाव र दिन प्रतिदिन गाईको सङ्ख्या वृद्धि हुँदै गएको व्यवस्थापनमा कठिन हुँदै गाएको अवस्थामा युवाहरुको यो कार्यले गौशाला व्यवस्थापन थप मद्दत पुगेको अध्यक्ष खड्काले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक
कात्तिक ३०, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
कोलेस्ट्रोल नियन्त्रणमा राख्न चाहनुहुन्छ ? खाली पेटमा अदुवाको जुस पिउनुहोस्
मंसिर ७, २०८१ शुक्रबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
अस्ट्रेलियाविरुद्ध भारतको कमब्याक, बुमराहले लिए चार विकेट
मंसिर ७, २०८१ शुक्रबार