ललितानिवास जग्गा हिनामिनाका अभियुक्तविरुद्ध संगठित अपराधमा मुद्दा नचलाइने
नेपालबहस संवाददाता
भदौ १०, २०८० आइतबार ११:३९:३
१० भदौ, काठमाडौं । ललितानिवास जग्गा अनियमितता प्रकरणका अभियुक्तहरु विरुद्ध संगठित अपराधको आरोपमा मुद्दा नचलाउने भएको छ । अदालतमा मुद्दा अभियोजनको जिम्मा पाएको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले यस्तो निर्णय गरेको हो ।
विद्यमान कानुन जारी हुनुभन्दा पहिल्यै ललितानिवास जग्गा अनियमितता भएको निष्कर्षसहित संगठित अपराधबाहेक कीर्तेको अभियोगमा मात्रै मुद्दा अभियोजन दर्ता गराउने भएको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले वकिलको कार्यालयमा गत बुधबार बुझाएको प्रतिवेदनमा भने संगिठत रुपमा जग्गा हिनामिना गरेको निकर्षसहित संगिठत अपराध कसुरमा पनि मुद्दा चलाउनुपर्ने राय दिएको थियो । उसले सोही कसुरमा ५५ दिनसम्म अनुसन्धान गरेर प्रतिवेदन (मिसिल) बुझाएको थियो । संगठित अपराध कसुरमा अभियुक्तलाइ ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाइने कानूनी व्यवस्था छ ।
प्रकरणमा सरकार तत्कालीन मन्त्री, सचिव सहसचिव, नापी र मालपोतका कर्मचारी, जग्गा खरिदकर्ता लगायत गरी २८६ जना विरुद्ध मुद्दा चलाउन राय दिइएको छ । जसमध्ये २३ जना पक्राउ परेका छन् भने बाँकीलाई फरार सूचीमा राखिएको छ ।
प्रकरण २०६६ र २०६९ मा तत्कालीन सरकारका मन्त्रिपरिषदकाे निर्णयबाट बालुवाटारकाे ललितानिवासकाे १४३ राेपनी जग्गा गुठी हुँदै विभिन्न व्यक्तिकाे नाममा गएकाे थियाे । जग्गा खरिद गर्नेमध्ये केहीले जग्गा फिर्ता समेत गरिसकेकाे अवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
आर्थिक रूपमा परनिर्भर बन्दै गएको अवस्थामा पृथ्वीनारायण शाहलाई कसरी सम्झने ?
पुष २७, २०८१ शनिबार
जर्मनीमा पहिलो पटक अत्यधिक भाइरल सङ्क्रमण पुष्टि
पुष २७, २०८१ शनिबार
चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण
पुष २७, २०८१ शनिबार
जुम्लामा आठ हजार आठ २९ छात्रालाई क्यान्सरविरूद्धको खोप लगाउने तयारी
पुष २७, २०८१ शनिबार
क्यालिफोर्निया आगलागीमा लुटपाट बढे पछि लगाइयो कर्फ्यु, २० पक्राउ
पुष २७, २०८१ शनिबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार