इन्जिनियरिङ शिक्षामा गरिएकाे शुल्क वृद्धि खारेजीका लागि समाजवादी मोर्चाका विद्यार्थीहरू आमरण अनसनमा
नेपालबहस संवाददाता
भदौ १०, २०८० आइतबार १५:४५:४२
१० भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहको अध्ययनमा हालै गरेकाे चर्काे शुल्क वृद्धिको विरुद्ध समाजवादी मोर्चा निकटका विद्यार्थीहरू आमरण अनसन सुरु गरेका छन् ।
वृद्धि शुल्क फिर्ताको माग राख्दै आइतबारदेखि पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थान (आइओई)को डीन कार्यालयमा आइतबार आमरण अनसन सुरु गरेका हुन् ।
अखिल (क्रान्तिकारी) केन्द्रीय उपाध्यक्ष केशव रावल, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय उपमहासचिव रसना यादव र अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य प्रेम सिंहले ब्यानगर टाँगेर आमरण अनशन सुरु गरेका छन् ।
इन्जिनियरिङ शिक्षा अध्ययनमा स्नातक तहका लागि तीन लाख १८ हजारबाट बढाएर ७ लाख ७७ हजार पुर्याइएको छ । यसबाट विद्यार्थी आक्रोशित बनेका छन् । कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघका विद्यार्थीहरुले आजै वृद्धि शुल्क फिर्ताको माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा प्रदर्शन गरेका छन् । शुल्क फिर्ता नभएसम्म आन्दोलन नरोकिने उनीहरुले बताएका छन् ।
समाजवादी मोर्चा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा सम्मिलित केही समयअघि मात्र गठन भएको चार दलीय मोर्चा हो । पछिल्लो समयमा मोर्चाले भ्रष्टाचार, तस्करी, विकृति तथा शैक्षिक संस्थामा हुने गरिएको मनपरी गतिविधिविरुछ संघर्ष गर्दै आइरहेको छ । मोर्चाले देशभर सन्देश सभा गरिरहेको छ । भोलि १२ गते लुम्बिनी प्रदेशको बुटवलमा सन्देशसभा गर्दैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय गौरवका आयोजनाबारे प्रधानमन्त्री ओलीले आज ब्रिफिङ लिने
मंसिर ९, २०८१ आइतबार
रवि लामिछानेलाई चौथोपटक म्याद थपका लागि आज कास्की अदालत उपस्थित गराइँदै
मंसिर ९, २०८१ आइतबार
बिआरआईमा ऋण स्वीकार्न सकिँदैन : महामन्त्री शर्मा
मंसिर ८, २०८१ शनिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
नबिल बैंकको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
मंसिर ९, २०८१ आइतबार
हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद सकिएपछि रवि लामिछानेलाई अदालत उपस्थित गराइयो
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनाबारे प्रधानमन्त्री ओलीले आज ब्रिफिङ लिने
मंसिर ९, २०८१ आइतबार
पोखराको चुुत्राकोटमा १०८ फिट अग्लो अर्धनारीश्वर मूर्ति स्थापना गरिने
मंसिर ९, २०८१ आइतबार
रवि लामिछानेलाई चौथोपटक म्याद थपका लागि आज कास्की अदालत उपस्थित गराइँदै
मंसिर ९, २०८१ आइतबार
कस्तो छ आजको तरकारी भाउ ?
मंसिर ९, २०८१ आइतबार