प्रदेश र संघीय सरकारको सम्बन्ध अब झन् मजबुत : प्रधानमन्त्री प्रचण्ड
८५ करोडकाे लागतमा तयार भयाे ललितपुरको भैंसेपाटीमा प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास
नेपालबहस संवाददाता
भदौ १०, २०८० आइतबार १७:५:५४
१० भदाै, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बृद्धि र सुशासनको नयाँ यात्रामा जानुको कुनै विकल्प नभएको बताएका छन् । आइतबार ललितपुरको भैंसेपाटीमा मुख्यमन्त्री कार्यालय भवन उद्घाटन कार्यक्रममा उनले सुशासन सामाजिक न्याय र सम्बृद्धिको राष्ट्रिय उद्देश्यमा सरकार अगाडी बढेको भन्दै त्यसको यात्रामा जानुको कुनै विकल्प नरहेको बताएका हुन् ।
उनले भने, ‘सुशासन सामाजिक न्याय र सम्बृद्धिको राष्ट्रिय उद्देश्य हाम्रो नयाँ सरकारले भनेको छ र त्यसमा अगाडी बढ्दै छ । त्यसमा सबै प्रदेशहरुको पनि सहयोग अझै राम्रसँग हुने छ । भन्ने विश्वास व्यक्त गर्न चाहान्छु । हामीलाई स्थिरता स्थायित्वको साथै सम्बृद्धि र सुशासनको नयाँ यात्रामा जानुको कुनै विकल्प हामी नेपालीहरुको अगाडी छैन् ।’
काठमाडौं उपत्यकामा प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूको आवासगृह तयार भएसंगै संघीय मन्त्रीहरूको क्वाटर पनि केहि महिनाभित्रमा टुङ्गिने प्रधानमन्त्री प्रचण्डले बताए । प्रत्येक प्रदेशका लागि एउटा भवन रहेको छ र त्यसमा प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि छुट्टाछुट्टै ब्लक रहेको छ । भवन हस्तान्तरण गर्दै प्रधानमन्त्री प्रचण्डले प्रदेश र संघीय सरकारको सम्बन्ध अब झन् मजबुत हुने बताए ।
सरकारी आवास तयार भएपछि प्रदेश प्रमुख र मुख्यमन्त्रीहरू काठमाडौं आउँदा यिनै भवनमा बस्न पाउने भएका छन् । करिब ८५ करोड रुपैयाँ लागतमा भवन तयार भएको आयोजना प्रमुख मचाकाजी महर्जनले बताए । अब भवनमा मुख्यमन्त्री र प्रदेश प्रमुख आफ्नो सम्पर्क कार्यालय समेत राख्न सक्नेछन् । हाल प्रदेश प्रमुख र मुख्यमन्त्रीहरू काठमाडौं आउँदा बस्ने गरी सरकारले अपार्टमेन्टमा भाडामा लिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरास्वपा केन्द्रीय समिति बैठक आज पनि
पुष २१, २०८१ आइतबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
जलपन्छी अवलोकन गर्दै विद्यार्थी
पुष २१, २०८१ आइतबार
चिसोबाट बच्न मुढा बालेर आगो ताप्दै
पुष २१, २०८१ आइतबार
ग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार
एनआइसी एसिया लघुवित्तले यसपटक सेयरधनीलाई लाभांश नदिने
पुष २१, २०८१ आइतबार