विभिन्न मुलुक पठाइदिने भन्दै रकम ठगी गर्ने चार जना पक्राउ
नेपालबहस संवाददाता
भदौ ११, २०८० सोमबार ११:१:४३
११ भदौ, काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने भन्दै रकम ठगी गरेका अभियोगमा चार जनालाई विभिन्न स्थानबाट पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा नवलपरासी देवचुली नगरपालिका–८ घर भई काठमाडौं टोखा नगरपालिका–३ बस्ने ३० वर्षीय समीर आलेमगर, रामेछाप उमाकुण्ड गाउँपालिका–१ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार बस्ने ३५ वर्षीया शर्मिला सुनुवार, सल्यान कपुरकोट गाउँपालिका–३ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–१ बस्ने ५१ वर्षीय जगतबहादुर खड्का र कास्की पोखरा महानगरपालिका घर भई ललितपुर महानगरपालिका–१४ नख्खीपोट बस्ने ४० वर्षीया तारा गुरुङ रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीले राससलाई जानकारी दिए ।
उनका अनुसार पक्राउ परेकामध्ये मगरले दुई जनालाई क्यानडा पठाइ प्रतिष्ठित मार्केटमा मासिक रु दुई लाख तलबमा काम लगाइदिने जनाउँदै पीडितहरुबाट रु पाँच लाख ४५ हजार ठगी गरेको, सुनुवारले एक जनालाई क्रोएसिया पठाइ फुड प्याकिङमा मासिक रु एक लाख तलबमा काम लगाइदिने भन्दै पीडितबाट पटकपटक गरी रु दुई लाख ठगी गरेको, खड्काले एक जनालाई कुँवेत पठाइ बाइक राइडरमा मासिक रु ५० हजार तलबमा काम लगाइदिने भन्दै पीडितबाट पटकपटक गरी रु एक लाख ९४ हजार ठगी गरेका आरोपमा पक्राउ गरिएको हो ।
यसैगरी, गुरुङले एक जनालाई नेदरल्याण्ड पठाई सुपर मार्केटमा मसिक रु एक लाख तलबमा काम लगाइदिने जनाउँदै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी रु तीन लाख ४५ हजार ठगी गरेको आरोपमा पक्राउ गरिएको हो ।
पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक केसीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप७ वर्ष कैद सजाय मागसहित दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधको मुद्दा दर्ता
मंसिर २६, २०८१ बुधबार
वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउपछि सार्वजनिक
मंसिर २६, २०८१ बुधबार
१७ वर्षकी बालिका बलात्कार आरोपमा पक्राउ परेका पूर्वमेयरलाई चार दिन हिरासतमा राखिने
मंसिर २५, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
सभामुख भन्छन- संविधानले परिकल्पना गरे अनुसार न संसदको गरिमा बढ्यो, न संसदीय ऐन बने
मंसिर २८, २०८१ शुक्रबार
कप्तान मल्लको अर्धशतक, चितवनले जनकपुरलाई दियो १८१ रनको लक्ष्य
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
‘पीआईए’ले सात वर्षको निलम्बनपछि अमेरिका उडान सुचारु गर्ने
मंसिर २९, २०८१ शनिबार
अफ्रिकाका १५ करोडभन्दा बढी मानिस ‘चरम गरिबी’मा
मंसिर २९, २०८१ शनिबार
मुस्ताङमा आलु ‘जोन’सञ्चालन
मंसिर २९, २०८१ शनिबार
तनहुँमै पहिलो पटक ह्विलचियर बास्केटबल प्रतियोगिता हुने
मंसिर २९, २०८१ शनिबार