शिशु बिक्री गरेको आरोप लागेका चिकित्सक कर्णविरुद्ध संगठित अपराधमा पनि मुद्दा चलाइँदै
नेपालबहस संवाददाता
भदौ ११, २०८० सोमबार ११:३१:४२
११ भदौ, काठमाडौं । मोरङ विराटनगरस्थित ग्रिनक्रस अस्पतालका चिकित्सक तपेश्वरलाल कर्णलाई मानव बेचबिखन साथै संगठिन अपराध कसुरमा पनि मुद्दा चलाउने भएको छ । भोजपुरकी एक युवतीले प्रेमीसँगको यौन सम्बन्धनबाट गत असारमा अस्पतालमा जन्म दिएकी शिशु (छोरी)लाई प्रेमी गोविन्द्र राईको सल्लाहमा जन्मनेबित्तिकै मोरङका निसन्तान रहेका सूर्यनारायण राजवंशीलाई पाँच लाख रुपैयाँ बिक्री गरेको पाइएको थियो ।
चिकित्सक कर्णले अस्पतालका आफ्ना कर्मचारी सुधा रावंशीमार्फत ग्राहक खोज्न लगाएर दिलयामा राजवंशीका छोरा सूर्यबहादुर दम्पत्तिलाई बिक्री गरेका थिए । आफ्ना छोरी अस्पतालबाटै गायब बनाइएपछि सुत्केरी आमाले साउन अन्तिम साता मोरङ प्रहरीमा उजुरी दिएपछि खोजीका क्रममा कर्ण, गोविन्द, सूर्यनारायण, सुधा, दिलमायासहित पाँच जनालाई पक्राउ गरी अनुसन्धान जारी राखेको छ ।
सुरुमा पाँचै जनाविरुद्ध शिशु बेपत्ता र मानव बेचबिखन कसुरमा मात्र अनुसन्धान गरिएपनि घटनाको प्रकृतिलाई हेरेर संगठित अपराध गरेको निष्कर्षसहित संगठित अपराध कसुरमा पनि अनुसन्धान सकेर मुद्दा चलाउने तयारी गरेको हो ।
संगठित अपराधमा अनुसन्धान गर्न ६० दिनसम्म हिरासतमा राख्न पाइने व्यवस्था छ । अपराधिक घटना (वरदात)मा ३ जनाभन्दा व्यक्ति संलग्न रहेको अवस्थामा संगठित अपराध कसुर लाग्ने फौजदारी ऐनको व्यवस्था छ ।
करिब डेढ महिनापछि सकुशल उद्धार गरिएकी शिशुलाई आमाको जिम्मा लगाइसकिएको छ । अस्पतालमा डेलिभरी गराएबापत कर्णले गोविन्द्रसँग ३५ हजार रुपैयाँ छुट्टै शुल्क लिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित
मंसिर १२, २०८१ बुधबार
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
मंसिर १२, २०८१ बुधबार
रास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार
रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार