दूध र पानीको गुणस्तर जाँच्न आफ्नै प्रयोगशाला संचालन गर्दै काठमाडौं महानगर
खुला दूध बिक्री गर्न रोक लगाउने निर्णय
नेपालबहस संवाददाता
भदौ ११, २०८० सोमबार ११:५६:४२
११ भदौ, काठमाडाैं । काठमाडौं महानगरपालिका आफ्नो क्षेत्रभित्र अत्यावश्यक उपभोग्य वस्तु पानी र दूधमा गुणस्तर र स्वच्छता कायम गराउने योजनामा लागेको छ । स्वच्छता तथा गुणस्तर कायम गराउन महानगरले बजार अनुगमनलाई तीव्रता दिइरहेको छ ।
महानगरभित्र प्रयोग गरिने पानी र दूधको स्वच्छता र गुणस्तर कायम गराउनेबारे महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बजार अनुगमन समितिको बैठक बसेको छ ।
बैठकले अनुगमनबाट प्राप्त अवस्थाका विषयमा जानकारी लिएर कृषि तथा पशुपंक्षी विभागका अधिकारीलाई कामका लागि निर्देशन दिइसकेको उपप्रमुख ढंगालले बताएकी छन् । उनले बजारबाट संकलन गरिएका नमूना परीक्षणका लागि महानगरले आफ्नै प्रयोगशाला स्थापना र सञ्चालनका लागि तत्काल काम थालनी गरिने बताइन् ।
मुख्यगरी डेरीहरुबाट प्लाष्टिकमा राखेर, रवरले बाँधेर बेचिने दूध र जारको पानीमा गुणस्तर कमजोर पाइएको महानगरको जनाएको छ । त्यसलाई नियमन गरी गुणस्तर कायम गराउन परीक्षणका लागि प्रयोगशाला संचालन गर्ने निर्णय आइतबारको बैठकले निर्णय लिएको बजार अनुगमन तथा निरीक्षण समितिका अधिृकत अवधेश झाले बताए ।
खुला दूधमा गुणस्तरका लागि चाहिने आवश्यक तत्व भए नभएको थाहा पाउन उपभोक्तालाई कठिन हुने र त्यसलाई हल गर्न महानगरले ठोस कदम चाल्न लागिएको उनले बताए ।
दूध बित्रः वितरण तरिकालाई व्यवस्थित तुल्याउने योजना महानगरले बनाएको छ । उत्पादित वस्तुको मूल्उ किसानले पाउने र उपभोक्ताले स्वच्छ र गुरणस्तर, सफा अवस्थाका पानी दुग्धजन्य खाद्यवस्तु खरिद गर्न पाउने अधिकारलाई सुनिश्चित गर्न महानगर लागिपरेको डंगालको भनाइ छ । उपभोक्ताको स्वास्थ्य, मूल्य र गुणस्तरमा कहीँ कतैबाट खेलवाड गर्न नपाइने अवस्था महानगर सदैव प्रतिवद्ध रहेको उनले बताए ।
हिजो आइतबार मात्र बत्तिसपुतलीस्थित कालिञ्चोक ट्रेडलिंकलाई ढुसी परेको कोक बिक्री गरेको पाइएपछि महानगरको बजार अनुगमन समितिले एक लाख ५० हजार रुपैयाँ जरिवाना तिराएको थियो । त्यससँगै ढुसी परेको कोक बजारबाट तत्काल फिर्ता लजान र बिर्कोे सिल भएको बोतल मात्र बजारमा पठाउन निर्देशन दिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
गाउँपालिका उपाध्यक्षले तोडफोड गरिन् सरकारी गाडी
पुष २१, २०८१ आइतबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार