महानगरभित्र व्यवसायिक भवनमा सेवाग्राहीसँग पार्किङ शुल्क नलिन उच्च अदालतको आदेश
महानगरपालिकालाई निर्णय कार्यान्वयन गर्ने बाटो खुल्यो
नेपालबहस संवाददाता
भदौ ११, २०८० सोमबार १२:४६:४४
११ भदौ, काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकात्रिका बहु तले भवन, व्यवसायिक भवनहरुमा सवारी साधन पार्किङमा सेवाग्राही (ग्राहक)सँग भाडा नलिने अन्तरिम आदेश जारी गरेको छ ।
कम्पलेक्स डेभलपर लिजर एशोसिएनले महानगरलाई विपक्षी बनाएर उच्च अदालत पाटनमा दर्ता गराएको रिट निवेदनमाथि न्यायाधीश राजेन्द्र खरेजको इजलासले सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गरेको हो । व्यवसायिक भवनमा सेवा लिन आउने सेवाग्राहीलाई पार्किङ शुल्क लिने काम ‘काठमडौं महानपालिका आर्थिक ऐन २०८० को दफा १२ को (४) बमोजिम आवासीय वा व्यवसायिक भवनहरुबाट सेवा लिने सेवाग्राहीहरुलाई सेवा लिएको प्रमाणका आधारमा पार्किङ शुल्क लिन नमिल्ने’ आदेशमा भनिएको छ । तर सेवा नलिएकाहरुसँग भने पार्किङ शुल्क लिन सकिने भनिएको छ ।
काठमाडौं महानगरपालिकाले यसअघि नै सेवाग्राहीसँग पार्किङ शुल्क लिन नपाउने भनी निर्णय गरिसकेको थियो । सोही विरुद्ध डेभलपर लिजर एशोसिएन रिट दायर गराएको थियो । अन्तरिम आदेशसँगै महानगरपालिकाको निर्णय कार्यान्वयनको बाटो खुलेको छ । मिनी मार्ट, बिग मार्ट, सुपर मार्केट, कम्प्लेक्स, खुला बजारमा सामान किनमेलमा निस्किएका ग्राहकहरुसँग किनमेलसँगै स्थानीय तथा टोले गुण्डाहरुसँग मिलेर व्यवसायीहरुले घण्टाको हिसाबले चर्को रुपमा पार्किङ शुल्क उठाएर ठगी गर्दै आइरहेका छन् । उच्चको यो आदेशपछि सेवाग्राहीले राहत पाउने भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार
प्रदेश सिमानामा ‘चेकपोस्ट’ निर्माण गर्दै बागमती प्रदेश
पुष २०, २०८१ शनिबार
विपद् प्रभावित सडक पुनर्निर्माण गर्न १५ करोड बजेट दिने निर्णय
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार