सर्वोच्च अदालतमा स्वचालित पेसी तारेख प्रणाली प्रारम्भ
नेपालबहस संवाददाता
भदौ ११, २०८० सोमबार १३:२७:१९
११ भदौ, काठमाडौं । सर्वोच्च अदालतमा सोमबारबाट पेसी तारिख अटोमेसन सुरु भएको छ । अटोमेसन प्रविधिबाट पेसी तारेख तोक्ने कामको सुरुवात प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले गरेका हुन् ।
पेसी तारेख अटोमेसनको शुभारम्भपछि प्रधान्यायाधीश श्रेष्ठले न्यायालयमा सुशासनका काम सुरु भएको बताए । यसबाट न्यायिक सुशासन र न्याय सम्पदानमा महत्वपूर्ण कदम भएको उनले बताए ।
मुद्दाको पेसी तोक्ने र हटाउने वा सार्ने काममा कर्मचारीको तजबिजी चल्ने र कतिपय पेसीमा लेनदेन समेत हुने गुनासो सेवाग्राहीबाट व्यापक आउन थालेपछि न्यायिक सुधारका लागि अटोमेसन अर्थात स्वचालित विधिबाट पेसी तारेख तोक्ने कामको सुरुवात गरिएको प्रन्या श्रेष्ठले बताए । नयाँ प्रविधिको प्रयोगसँगै कम जनशक्तिले धेरै काम गर्न सकिने उनले बताए । अटोमेसन सफ्टवेयर सर्वोच्चको आफ्नो जनशक्तिबाटै निर्माण भएको हो ।
सेवाग्राहीले ल्याएको रिट निवेदन÷पुनरावेदन निवेदनसहितका मुद्दामा दर्तासँगै स्वतः पेसी र तारिखको मिति पाउने व्यवस्था नयाँ प्रणालीबाट पाउने भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकैलाश सिरोहियालाई अनुसन्धानका लागि ३ दिन म्याद थप
जेठ ९, २०८१ बुधबार
कैलाश सिरोहियाको रिट दर्ता गर्ने वा नगर्ने भन्नेबारे भोलि निर्णय हुने
जेठ ८, २०८१ मंगलबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
बुद्ध जयन्तीको अवसरमा भारतीय राजदूतावासद्धारा विविध कार्यक्रम आयोजना
जेठ ९, २०८१ बुधबार
सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौं : प्रधानमन्त्री
जेठ ९, २०८१ बुधबार
घोडाघोडीमा चरा उत्सव तथा तस्बिर प्रदर्शनी
जेठ ९, २०८१ बुधबार
गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्छ : राप्रपा
जेठ ९, २०८१ बुधबार