म मर्न नमानेको मान्छे हुँ : ओली
‘ईश्वर पोखरेलले पानी ट्यांकीमा लुकाएकाे भनिएकाे पैसा कहाँ पुर्याइयाे ?’
नेपालबहस संवाददाता
भदौ ११, २०८० सोमबार १८:३१:३४
११ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू मर्न नमानेको मान्छे भएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा मुख्य वक्ताको रुपमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले जतिसुकै बिरामी र कठिनाइमा पर्दा पनि मर्न नमानेको मान्छे भएको बताए ।
राजनीतिमा लागेको मान्छेमा सद्भाव, मिलनसार र मीठो वचन बोल्ने गुण हुनुपर्ने उनको भनाइ थियो । ठूलो पल्टिने मानिस आफ्नो काममा कहिल्यै सफल नहुने भन्दै आइपर्ने जस्तोसुकै कठिन परिस्थितिको सामना गर्ने र अप्ठ्यारासँग जुध्न सक्ने मानिस सफलतामा पुगेरै छाड्ने बताए ।
‘म बिरामी परे, दुईटै मृगौला झिकेर फालेर एउटा राखेँ, बाँचे, फेरि फेरियो केही भएन’ उनले भने, ‘दोस्रो पटक मृगौला फेर्न जाँदा मैले भनेरै गएको थिएँ कि एमाले देश र जनताको पक्षमा लिएको विकास र समृद्धिको सपना मर्न दिने छुइनँ । म मर्न नमानेर फिर्ता आए त । म मर्न नमानेको मान्छे हुँ ।’
उनले आफूलाई राजनीतिक र भौतिक रुपमा सिध्याउन खोज्नेहरूलाई विकास र समृद्धिको काम गरी देखाउने सपना रहेको बताए । अहिले विरोधी पाखा लागेकै कारण एमाले गतिमा रहेको र देश विकास र जनताको पक्षमा निर्णय सकिरहेको बताए ।
एक अर्को प्रसंगमा ओलीले एमालेका नेता ईश्वर पोखरेलमाथि पानी ट्यांकीमा पैसा लुकाएको आरोप लगाएको भन्दै अहिलेका सरकारले पनि त्यस्तो हावादारी कुरा गरेको बताए । ‘ईश्वर पोखरेलको पानी ट्यांकीमा पैसा लुकाएरै राखेका रहेछन् भने त्यो पैसा खोई त ? कहाँ पुर्यायो, कसले लग्यो ’ उनले प्रश्न गरे, ‘त्यो छानबिन गर्नेले नै लग्यो होला नि, अनि त्यसमाथि चाहिँ छानबिन हुनु पर्दैन ? हो, त्यस्तै खालका मान्छेहरू अहिले सरकारमा छन् ।’
उनले गिरीबन्धु टी स्टेट, ओम्नी, यति लगायत एमाले नेतृत्वको सरकारका पालामा भएका भनिएका काण्डहरूमाथि छानबिन गर्न सरकारलाई चुनौती दिए । उनले अरू काण्ड पनि छानबिन गरेर देखाउन सरकारलाई चुनौती दिए । ‘वाइड बडी काण्ड छानबिन गर, आफैं जेल जाउ’ उनले भने, ‘तर ललितानिवास जग्गा प्रकरण जस्तरी ठूला नेता तानिने भएपछि सामसुम पार्ने काम चाहिँ गर्न पाइँदैन । एमाले यहाँ छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
पर्यटन प्रवर्द्धनका लागि अन्नपूर्ण म्याराथन
जेठ ८, २०८१ मंगलबार
पलाञ्चोक भगवती : संस्कृति संरक्षणार्थ जात्रा र सांस्कृतिक कार्यक्रम
जेठ ८, २०८१ मंगलबार
कालोपत्रे सडक निर्माणको काम हुँदै
जेठ ८, २०८१ मंगलबार
बाँकेमा हुरीबतासले विद्युत् आपूर्ति प्रभावित
जेठ ८, २०८१ मंगलबार
दोलखामा सञ्चालित हाडजोर्नी शिविरबाट एक हजार एक सय बढी लाभान्वित
जेठ ८, २०८१ मंगलबार