एकपटकमा चार जना गरेर बालुवाटार जग्गा प्रकरणका आरोपीसँग बयान लिइँदै
नेपालबहस संवाददाता
भदौ १२, २०८० मंगलबार १०:२०:४६
१२ भदौ, काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा थुनिएकाहरूको बयान आज पनि काठमाडौं जिल्ला अदालतमा जारी रहने छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ५७ दिन लामो अनुसन्धानपछि बुझाएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ललितानिवास जग्गा प्रकरणमा आइतबार मुद्दा दर्ता गरेको थियो ।
राजनीतिक तथा प्रशासनिक तहका उच्चपदस्थ व्यक्ति जोडिएका कारण आम चासोमा रहँदै आएको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना सम्बन्धी किर्ते कसुरको मुद्दा अदालत पुगेपछि बयान सुरु भएको हो । सोमबार उक्त प्रकरणमा थुनामा रहेकामध्येका शिव भट्टराई र रूद्र कुमार श्रेष्ठको बयान न्यायाधीश भोलानाथ ढकालको रोहबरमा इजलास अधिकृतले लिएका थिए ।
आज एकपटकमा चार जनाको हुने गरी बयान लिन लागिएको छ । आइतबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले २८९ जनासहित मृत्यु भइसकेका २१ लाई पनि प्रतिवादी बनाएर किर्ते मुद्दा दायर गरेको थियो । मृत्यु भएकालाई जग्गा फिर्ता गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको हो ।
ललिता निवासको जग्गामाथि छानबिन सुरु भएको साढे चार वर्षपछि जिल्ला अदालतमा मुद्दा पुगेको हो । पूर्व सचिव शारदाप्रसाद त्रितालको नेतृत्वमा गठित छानबिन समितिले २०७५ सालमै उक्त जग्गा हिनामिना भएको निष्कर्ष निकालेको थियो ।
समितिको सिफारिस अनुसार सरकारले अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सीआईबीलाई २०७५ फागुन २८ मा पत्र पठाएको थियो । अख्तियारले अनुसन्धान सकेर २०७६ माघ २२ मै तत्कालीन मन्त्री, सचिव, व्यापारी, बिचौलिया, कर्मचारी लगायत १ सय १० जनाविरुद्ध बिगो, कैद र जरिवाना तथा ७५ जनाविरुद्ध सम्पत्ति जफत प्रयोजनका लागि विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
भ्रष्टाचार सम्बन्धी त्यो मुद्दा अझै विचाराधीन छ । सीआईबीले भने २०७८ पुसमा मात्र अनुसन्धान टुंग्याएर सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो । कार्यालयले मुद्दा अभियोजन गर्नुको साटो अनुसन्धान अधुरो रहेको भन्दै २० बुँदे निर्देशनसहित प्रतिवेदन तत्कालै सीआईबीलाई फिर्ता गरिदिएको थियो । डेढ वर्षपछि गत असार १२ मा सात जनालाई पक्राउ गरेर सीआईबीले गरेको अनुसन्धानका आधारमा सरकारी वकिल कार्यालयले मुद्दा अदालतमा टेकाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकैलाश सिरोहियालाई अनुसन्धानका लागि ३ दिन म्याद थप
जेठ ९, २०८१ बुधबार
कैलाश सिरोहियाको रिट दर्ता गर्ने वा नगर्ने भन्नेबारे भोलि निर्णय हुने
जेठ ८, २०८१ मंगलबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्छ : राप्रपा
जेठ ९, २०८१ बुधबार
सरकारविरुद्ध सदन र सडकमा उत्रियो कांग्रेस, १३ गते काठमाडौंमा प्रदर्शन गर्ने
जेठ ९, २०८१ बुधबार
रौतहटको श्रीराम चिनी मिल सञ्चालन गर्न कार्यदल गठन
जेठ ९, २०८१ बुधबार
गण्डकीका मुख्यमन्त्री अधिकारीविरुद्धको रिट आजपनि ‘हेर्दाहेर्दै’ मा
जेठ ९, २०८१ बुधबार