मुलुकमा व्याप्त भ्रष्टाचार निर्मूल पार्न सरकारको ध्यानाकर्षण
नेपालबहस संवाददाता
भदौ १२, २०८० मंगलबार १४:१८:१६
१२ भदौ, काठमाडौं । सांसदहरुले मुलुकमा व्याप्त भ्रष्टाचार, अनियमितता, तस्करी नियन्त्रण गरी सुशासन प्रवद्र्धन गर्न तथा जनसरोकारका विषयलाई सम्बोधन गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनीहरुले सार्वजनिक महत्व र जनसरोकारका विषयको सम्बोधन हुनेगरी विद्यमान समसामयिक विषयमा ध्यानाकर्षण गराएका हुन् ।
सांसद डा चन्दा कार्की भण्डारीले भ्रष्टाचार, कुशासन, तस्करी र संस्थागत अपराध मूल समस्या रहेकाले सार्वजनिक महत्वका कैयन विषय उठान हुन नसकेको उल्लेख गर्दै यसलाई निर्मूल गर्दै जनताको आधारभूत आवश्यकता परिपूर्ति गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
उनले देशैभर भेन्टिलेटर, हेमोडाइलासिस मेसिन, अल्ट्रासाउण्ड मेसिनलगायत दुई सय ३३ महँगा स्वास्थ्य उपकरण बेवारिसे अवस्थामा रहेको तथ्य सार्वजनिक भएको भन्दै निश्चित उद्देश्य र व्यवहारिक प्रक्रिया पुर्याएर खरिद गरिएका उपकरण किन बेवारिसे अवस्थामा पुर्याइए सदनलाई जवाफ दिन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन् । उनले यस्ता उपकरण बेवारिसे बनाउने दोषीलाई कारबाही गर्न पनि माग गर्नुभयो ।
सांसद बिना जैसवालले यही भदौ ६ गते संघीय संसद् सचिवालयविरुद्ध परेको रिट निवेदनको हकमा सङ्घीय सरकार र प्रदेश सरकारको निर्वाचन क्षेत्रमा विनियोजन बजेट सम्बन्धित कार्यक्रम कार्यान्वयन नगर्न दिएको सर्वोच्च अदालतको आदेश स्वागतयोग्य रहेको भन्दै यसले संघदेखि स्थानीयतहसम्म हुने सम्भावित अनियमितताको जोखिम रोक्न सहयोग पुग्ने दाबी गरिन् । राष्ट्रिय जनावार गाईको हत्या गर्ने र सनातन धर्मको अपमान भइरहेको भन्दै उनले यस्ता गतिविधिमा संलग्नलाई पक्राउ गरी कानुनी कारबाही गर्न माग गगरिन् ।
जसपाका प्रमुख सचेतक प्रदीप यादवले उद्योगीले विद्युत् प्राधिकरणलाई ‘डेडिकेटेड र ट्रक लाइन’को विद्युत् महसुलवापतको अर्बौ रकम नबुझाएको भन्दै वक्यौता उठाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । उनले ठूला औद्योगिक घरनाले करिब रु १० अर्ब १४ करोड रकम बक्यौता नबुझाएको बताए ।
सांसद अम्मरबहादुर थापाले नेपाललाई समृद्ध बनाउन भ्रष्टाचार र तस्करीको अन्त्य गरी सुशासन प्रवद्र्धन गरिनुपर्ने खाँचो औँल्याए । उनले भ्रष्टाचारी र तस्करीलाई तह लगाएर देशलाई आर्थिक रुपमा समृद्ध बनाउन सरकारले विशेष पहल कदमी लिनुपर्ने धारणा राखे । सांसद अब्दुल खानले इञ्जिनियरिङ अध्ययनका लागि शुल्क महङ्गो भएकाले विद्यार्थी माइतीघर सडकमा संर्षरत रहेको भन्दै उक्त समस्या यथाशक्य छिटो समाधान गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।
सांसद खानले कम्पुटर शिक्षा अध्ययन र अध्यापन गर्ने पेसाकर्मी आर्थिक पीडामा रहेको भन्दै कम्प्युटर शिक्षासम्बन्धी दरबन्दी सिर्जना गर्न माग गर्दै उनले सिरहाको राजापुरस्थित गौशाला जीर्णअवस्थामा रहेको भन्दै मर्मत सम्भारका लागि ध्यानाकर्षण गराए । सांसद अरुणकुमार चौधरीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कैलालीको अत्तरिया सडक खण्ड जीर्ण अवस्थामा रहेको भन्दै सडक स्तोन्नतिका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।
सांसद प्रेम सुवालले तराईका सीमावर्ती क्षेत्रमा भारतीय सुरक्षाकर्मीले नेपालीमाथि अतिक्रम गर्ने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनका अनुसार हालै सांसदहरुको टोली कञ्चनपुरको दोधारा चाँदनी र टनकपुरको स्थलगत निरीक्षणका क्रममा दोधारा चाँदनीको सुन्दर नगरको ७०६ नम्बरको स्तम्भमा पुग्दा भारतीय दुई सुरक्षाकर्मीले सोधपुछ गरेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्वीकार
पुष २१, २०८१ आइतबार
सरकारको स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्यः उपप्रधानमन्त्री सिंह
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
ओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्वीकार
पुष २१, २०८१ आइतबार
खुम्बु क्षेत्रमा स्थानीयले हेलिप्याडमा झण्डा गाडेपछि रोकियो हेलिकप्टर उडान
पुष २१, २०८१ आइतबार
पर्वतमा आगलागीमा परी ७२ वर्षीया वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार
गाउँपालिका उपाध्यक्षले तोडफोड गरिन् सरकारी गाडी
पुष २१, २०८१ आइतबार
सरकारको स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्यः उपप्रधानमन्त्री सिंह
पुष २१, २०८१ आइतबार