छिमेकीले चन्द्रामा यान पठाउँदा मेरो देश खाडीमा जवान पठाइरहेको छ : मनिषा झा
नेपालबहस संवाददाता
भदौ १२, २०८० मंगलबार १४:४०:३४
१२ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले नेपालले रोजगारकै लागि विदेशमा युवाहरुलाई कहिले पठाउने भन्दै संसद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डलाई प्रश्न गरेका छन् ।
हरेक महिना एक पटक प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमअन्तर्गत मंगलबारको बैठकमा सांसद झाले पेचिलो प्रश्न गरेका छन् । उनले जवाफ दिन रोष्ट्रममा उभिएका प्रधानमन्त्री प्रचण्डलाई सरकारले युवा जतिलाई विदेशमा काम गर्न पठाएर आत्मनिभएर र सुशासनको कुरा गर्न नसुहाउने काम गरेको बताए । उनले युवालाई देशभित्रै बस्ने व्यवस्था गर्न सरकारको योजनाबारे प्रश्न गरे ।
साथै उनले छिमेकी मुलुकहरु चन्द्रामा यान पठाइरहँदा आफ्नो देश भने सामान्य नजदुरीका लागि खाडीमा युवा पठाइरहेको दृष्य हेरिहनु पर्दा निकै दुःख लागेको बताए । ‘दक्षिणी छिमेकी मुलुक भारतले युवा र पाका उमेरका वैज्ञाानिकहरुको साथ पाएर चन्द्रमामा यान पठायो, दक्षिणी ध्रुवमा यान पुर्याउने विश्वका पहिलो देश बनेको छ’ उनले भने, ‘तर मेरो देशले काम गर्नकै लागि, हातमुख जाेड्न पैसाकै लागि खाडी र मलेसियामा जवान पठाइरहेको छ, युवालाई देशभित्रै राखेर विकास र आविष्कारमा लाग्न प्रेरित गर्ने कार्यक्रम सरकार के छ ?’
उनले सरकारले मुलुकमा जनतालाई ऋणको खाडलमा पर्ने गरी भएका ठूला काण्डमा अनुसन्धान गर्दा आफ्ना मान्छे पर्ने भएपछि अनुसन्धान अधिकृत हटाउने, त्यसमा आफन मान्छे (एस म्यान) भर्ना ल्याउने, नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानको पूरै फिल्म देखाउन प्रधानमन्त्री किन चुक्नुभयो भनेर प्रश्न गरे ।
नक्कली भुनाटी शरणार्थी छानबिन सुरु गर्दा प्रधानमन्त्रीले ‘यो त ट्रेलर मात्र हो, पूरै फिल्म आउनै बाँकी छ’ भनेको कुरा स्मरण गर्दै झाले सोधे ‘फिल्म आउँदा टालटुले र आफ्ना मान्छेलाई बचाउने गरी ल्याउनुभो किन ?’
सरकारको काम कुर्सी जोगाउनेबाहेक उप्लब्धिपूर्ण नरहेको भन्दै आलोचना गरे । गौर हत्याकाण्ड, गिरिबन्धु टी स्टेटको जग्गा हिनामिना काण्ड, वाइड बडी काण्डमाथि छानबिन गर्ने तागत सरकारले राख्न सक्नेमा शंका व्यक्त गरे । सरकारकाे पछिल्लाे गतिविधिले जनतामा विश्वास घट्दै गइरहेकाे भन्दै सरकार कसकाे दबाब परेकाे छ भन्दै स्पष्ट पार्न माग गरे ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले ठोस जवाफ नदिए पनि सरकार सुशासन र कुनैपनि काण्डको छानबिन गरिने र दोषीलाई कारवाहीको दायरामा ल्याउने कामबाट पछि नहट्ने पुरानै रटान दोहोर्याए । सरकारले कुर्सी जोगाउनका लागि मात्रै काम गर्ने टिप्पणीको उनले खण्डन गरे ।
उनले हरेक सरकार झै यो सरकार पनि उस्तै हुन् भन्ने देखाउने गरी गलत प्रचारमा लागेको कुरा चिर्ने र भ्रष्टाचारी र तस्करलाई कारवाही गर्ने दागतय राम्रो काम गर्ने विषयमा केन्द्रित रहेको बताए । सरकारले सुर गरेको कुनैपनि काण्डमा दोषीलाई छुट दिने काम नगरेको बताए ।
देशभित्रै राेजगार सिर्जना गर्न सरकारले भाैतिक पूर्वाधार र कृषिमा लगानी बढाएकाे प्रम प्रचण्डकाे भनाइ जवाफ थियाे । ठूला काण्डहरूमाथि छानबिन गर्ने र छानबिनकाे पूरै फिल्म देखाउन सकिने वा नसकिनेबारे यसपटक उनी केही बाेलेनन् ।
नक्कली भुटानी शरणार्थी र ललिता निवास जग्गा हिनामिना काण्डमा सरकारलाइ बलियाे साथ दिइरहेका दलका नेतृत्व नै मुद्दामा तानिन थालेपछि पक्राउ परेका अभियुक्तहरूकाे मुद्दा समेत फितलाे बनाउने काममा सरकार लागेकाे भन्दै चाैतर्फी विराेध भइरहेकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्यः उपप्रधानमन्त्री सिंह
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
खुम्बु क्षेत्रमा स्थानीयले हेलिप्याडमा झण्डा गाडेपछि रोकियो हेलिकप्टर उडान
पुष २१, २०८१ आइतबार
पर्वतमा आगलागीमा परी ७२ वर्षीया वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार
गाउँपालिका उपाध्यक्षले तोडफोड गरिन् सरकारी गाडी
पुष २१, २०८१ आइतबार
सरकारको स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्यः उपप्रधानमन्त्री सिंह
पुष २१, २०८१ आइतबार
‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार