हाजिर गेरर सांसद भागेपछि केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक निर्णायार्थ पेस भएन
नेपालबहस संवाददाता
भदौ १२, २०८० मंगलबार १६:३३:२४
१२ भदौ, काठमाडौं । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुको गणपूरक संख्या नपुग्दा ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८०’ निर्णायार्थ पेस हुन सकेन ।
संविधानको धारा ९४ ले कुनैपनि विधेयक बैठकमा निर्णायार्थ प्रस्तुत हुन काय रहेका सांसदहरुको संख्याका एक चौथाई अर्थात ६९ हुनेपर्ने व्यवस्था छ । आजको बैठकमा ५९ जना सांसद मात्र उपस्थित रहेकाले विधेयकलाई निर्णायार्थ प्रस्तुत गर्न नसकिएको जानकारी सभामुख देवराज घिमिरेले बैठकमा दिएका छन् ।
यसअघि विधेयकमाथि दुई दर्जन भन्दा सांसदहरुले छलफलमा भाग लिँदै धारणा र प्रश्न राखेका थिए । सांसदहरुले विधेकमा राखिएका प्रावधान र आवश्यकतामाथि उठाएका प्रश्नहरुको जवाफ कानून, न्यायाा तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले दिएका थिए । जवाफपछि सभामुख घिमिरेले विधेयकलाई निर्णायार्थ प्रस्तुत गर्ने क्रममा सांसद सुमाना श्रेष्ठ श्रेष्ठ, ठाकुर गैरे, दामोदर पौडेल ‘बैरागी’, हितराज पण्डेले बैठकमा सांसदहरुको गणपूरक संख्या नरहेको भन्दै प्रस्तुत रोक्न नियमापत्ति जनाएका थिए ।
प्रतिनिधिसभाको अर्को बैठक यही भदौ १८ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको छ । नियमापत्तिपछि संसद सचिवालयले ३ मिनेट घण्टी बजाएर गणना गर्दा ५९ जना सांसद मात्र उपस्थित रहेको पाइएपछि सभामुख घिमिरेले विधेयक निर्णार्याथ प्रस्तुत रोकेर बैठक ६ दिन पछि बस्ने गरी बैठक स्थगित गरेका हुन् ।
निर्णायार्थ प्रस्तुत भएर पारित भएकाे खण्डमा विधेयक थप छलफलका लागि संसदकाे विषयगत समितिमा पठाइने थियाे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्वीकार
पुष २१, २०८१ आइतबार
सरकारको स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्यः उपप्रधानमन्त्री सिंह
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
ओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्वीकार
पुष २१, २०८१ आइतबार
खुम्बु क्षेत्रमा स्थानीयले हेलिप्याडमा झण्डा गाडेपछि रोकियो हेलिकप्टर उडान
पुष २१, २०८१ आइतबार
पर्वतमा आगलागीमा परी ७२ वर्षीया वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार
गाउँपालिका उपाध्यक्षले तोडफोड गरिन् सरकारी गाडी
पुष २१, २०८१ आइतबार
सरकारको स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्यः उपप्रधानमन्त्री सिंह
पुष २१, २०८१ आइतबार