बोदेबर्साइनका मेयर र प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
नेपालबहस संवाददाता
भदौ १३, २०८० बुधबार १४:२३:३९
१३ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको बोदेबर्साइन नगरपालिकाका मेयर र प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध विशेष अदालतमा भ्र्रष्टाचार कसुरमा मुद्दा दर्ता गराएको छ ।
मेयर आतेशकुमार सिंह र नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादवविरुद्ध प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत बाख्रापालनको अनुदानमा भ्रष्टाचार गरेको अभियोग लागेको छ ।
बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि वडा नं ६ फुलकाहीको माँ जगदम्बा कृषक समूहसँग सम्झौता गरी छुट्याइएको रकम कामै नगरी भुक्तानी गरेको पाइएपछि करिब १५ लाख रुपैयाँ भ्रष्टाचार गरेको निष्कर्षसहित अख्तियारले बुधबार मुद्दा दताए गराएको हो । नक्कली बिल भर्पाई र झुटा बिल बनाएर १४ लाख ७१ हजार ९२१ रुपैयाँ नगरपालिकाले भुक्तानी गरेको अख्तियारको दाबी छ ।
नगरपालिकाका पशुविकास अधिकृत अर्जुनप्रसाद यादव, माँ जगदम्बा कृषक समूहका अध्यक्ष राधेश्यामकुमार साह र कोषाध्यक्ष निलमकुमारी शर्माविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गराइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकैलाश सिरोहियालाई अनुसन्धानका लागि ३ दिन म्याद थप
जेठ ९, २०८१ बुधबार
कैलाश सिरोहियाको रिट दर्ता गर्ने वा नगर्ने भन्नेबारे भोलि निर्णय हुने
जेठ ८, २०८१ मंगलबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा लुम्बिनीमा विशेष समारोह हुँदै
जेठ १०, २०८१ बिहिबार
नेपालगञ्ज–गुलरिया सडकको ६५ प्रतिशत काम पूरा
जेठ १०, २०८१ बिहिबार
बृहत् राष्ट्रिय एकताका निम्ति अग्रसर हुन आह्वान
जेठ १०, २०८१ बिहिबार
बेलायतमा जुलाई ४ मा आम निर्वाचनको घोषणा
जेठ १०, २०८१ बिहिबार
राजस्थान आइपिएलको दोस्रो क्वालिफायरमा, आरसिबी बाहिरियो
जेठ १०, २०८१ बिहिबार