नेप्से सूचक २.८२ विन्दुले घट्यो, कारोबार रकममा माछापुच्छ्रे बैंक अग्रस्थानमा
नेपालबहस संवाददाता
भदौ १३, २०८० बुधबार १५:३९:१८
१३ भदौ, काठमाडौं । शेयरबजार सुस्त बन्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । यस दिन नेप्से सूचक २.८२ विन्दुले घटेर १९९०.५९ अंकमा अडिएको छ । १ अर्ब १३ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।
दुई बाहेक बाँकी सबै समूह घटेका छन् । केही दिन यताको समग्र बजार मूल्यांकन गर्दा नेप्से साइडवेजमा गएको देखिन्छ । सूचकमा खासै उतारचढाव नहुने, कारोबार रकम पनि न्यून हुने अवस्थालाई सामान्यतयः साइडवेजको अवस्था मान्न सकिन्छ ।
नीतिगत अवरोध र चर्को बैंक ब्याजदरका कारण बजार प्रभावित हुँदै आएको छ । लाभांशको सिजन सुरु भइसकेको छ । बैंकहरुले समेत लाभांश घोषणा गर्न थालिसकेका छन् । बुधबारमात्रै माछापुच्छ्रे बैंकले लाभांश घोषणा गरेको छ । बैंकले बोनस शेयरलाई प्राथमिकता दिएको छ ।
अब क्रमशः अरु बैंक तथा सूचीकृत कम्पनीहरुले पनि लाभांश घोषणा गर्न थाल्नेछन् । समग्रमा अबको केही समय शेयर बजारका लागि लाभांशकै अवधि हुनेछ । यस्तो बेलामा पनि आम लगानीकर्ताको मनोबल भने निकै कमजोर देखिएको छ ।
यस दिन २७६ कम्पनीको ३८ लाखभन्दा बढी कित्ता शेयर कारोबार भएको छ । १० करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा माछापुच्छ्रे बैंक अग्रस्थानमा छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः आइएमई लाइफ इन्सुरेन्स र लक्ष्मी सनराइज बैंक रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट
मंसिर ६, २०८१ बिहिबार
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
मंसिर ४, २०८१ मंगलबार
आज शेयरबजार बन्द, भोली बिहान ११ बजे मात्र खुल्ने
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार