उन्नाइस रोपनी जमिनमा सयपत्री फूल
नेपालबहस संवाददाता
भदौ १४, २०८० बिहिबार १३:११:३४
१४ भदौ, दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकामा पहिलो पटक सयपत्री फूलखेती सुरु गरिएको छ । उक्त गाउँपालिकाको दुई ठाउँमा पहिलो पटक सयपत्री फूलखेती सुरु गरिएको हो । गाउँपालिकाले अध्यक्षसँग कृषि विकास कार्यक्रमअन्तर्गत महिलालाई फूलखेतीमा आकर्षण गर्न सयपत्री फूलखेती कार्यक्रमलाई अगाडि बढाएको हो । घरायसी काममा व्यस्त रहँदै आएका महिलालाई आयआर्जनमा जोड्न यो कार्यक्रम ल्याइएको गाउँपालिकाले जनाएको छ । वडा नं१स्थित यान्चोक आमा समूहमार्फत् १२ रोपनी र आँधीमूल आमा समूहमार्फत् सात रोपनी जमिनमा सयपत्री फूलखेती सुरु गरिएको छ ।
त्यसका लागि फूलको बिरुवा सहयोगस्वरुप उपलब्ध गराइएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिए । उनले भने, “दुवै ठाउँमा बिरुवा रोपेको २० दिन भयो, ९० दिनमा फूल फूलेर एक सय २० दिनमा बिक्रीका लागि तयार हुन्छ ।” आगामी तिहारलाई लक्ष्य गरी फूलखेती सुरु गरिएको उहाँको भनाइ थियो । यस वर्ष केही ढिला भए पनि छिटो फूल्ने मल प्रयोग गरिएको उनले बताए।
गाउँपालिकाले सयपत्री फूलखेतीलाई प्राथमिकतामा राखेर गाउँपालिकाअन्तर्गतका सबै कार्यक्रममा खादा प्रयोगको सटृासयपत्रीको मालालाई प्राथमिकता दिने निर्णय गरिसकेको छ । उनले भने, “फूल फुल्न थालेपछि पालिकाका हरेक कार्यक्रममा सयपत्रीको माला प्रयोग हुन्छ । आँधीमूलमा लाग्ने मेलामा पनि सयपत्री फूलले सहयोग पु¥याउँछ ।”
यहाँ सुरु गरिएको फूलखेतीले प्रत्येक वर्ष बाहिरबाट फूल खरिद गरेर ल्याउनुपर्ने अवस्था अन्त्य हुने यान्चोक आमा समूहकी अध्यक्ष सुनिता आलेमगरले जानकारी दिए। उनले भने, “आमा समूहमा आबद्ध महिला अहिले गोडमेल र रेखदेखमा लागिरहेका छन् । फूलखेतीले महिलालाई आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास गरेका छौँ ।”
आँधीमूल आमा समूहकी अध्यक्ष ललिता मगरले पनि घरायसी काममा व्यस्त रहँदै आएका महिलालाई आवद्ध गराई फूलखेती सुरु गरिएको जानकारी दिए। गाउँपालिकाले अध्यक्षसँग कृषि विकास कार्यक्रमअन्तर्गत महिलालाई फूलखेतीमा आकर्षण गर्न सयपत्री फूलका बिरुवा वितरण गरेको थियो । महिलालाई फूलखेतीमा आकर्षित गराउँदै आयआर्जनसँग जोड्ने उद्देश्यसहित सय प्रतिशत अनुदानमा बिरुवा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। उनले भने, “सयपत्री फूल प्रत्येक वर्ष विदेशबाट आयात हुँदै आएको थियो । त्यसको आयत प्रतिस्थापन गरी गाउँपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्य राखेका छाँै ।”
गाउँपालिकाले वडा नं १ को आँधीमूल आमा समूहलाई आठ हजार चार सय र यान्चोक आमा समूहलाई १२ हजार सयपत्री फूलको बिरुवा वितरण गरेको थियो । गाउँपालिकामा पुष्पखेती नहुँदा हरेक वर्ष बाहिरबाट फूल ल्याउनुपर्ने अवस्था रहेकाले गाउँपालिकाभित्रै फूल उत्पादन हुन सके त्यो अवस्था रोकिने अध्यक्ष चुमानको भनाइ थियो।
उनले भने, “फूलखेतीबाट महिलाले आम्दानी पनि गर्न सक्ने र यसले गाउँपालिकालाई पनि फूलमा आत्मनिर्भर बनाउन सहयोग पुग्नेछ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्तरी लाखको लप्सीका परिकार कारोबार गर्ने लक्ष्य
पुष २२, २०८१ सोमबार
बहुउपयोगी मानिने जडीबुटी सतुवा खेतीमा किसानको आकर्षण बढ्दो
पुष २२, २०८१ सोमबार
माघेसङ्क्रान्ति नजिकिएसँगै किसानलाई तरुल खन्न भ्याइनभ्याइ
पुष २१, २०८१ आइतबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार