वाइल्डलाइफ फोटोग्राफर अफ द इयर : भूतको अनुहार कि माछा ?
नेपालबहस संवाददाता
भदौ १४, २०८० बिहिबार १३:२६:३
१४ भदौ, काठमाडौं । यो तस्बीर हेर्दा के देख्नुहुन्छ ? तस्बीरमा महासागरबाट अचानक निस्केको ठूलो र दरलाग्दो अनुहार देखिएको छ ।
तर तपाईँले साँच्चै के हेर्दै हुनुहुन्छ, त्यो एउटा ‘स्टारगेजर माछा’ हो, जुन भूमध्यसागरको बलौटे भुइँमा देखिएको छ । यो तस्बीर इटालीका पियट्रो फोर्मिसले खिचेका हुन् र यो वर्षको ‘वाइल्डलाइफ फोटोग्रगाफर अफ द इयर’मा धेरैले प्रशंसा गरेका थिए ।
फोर्मिसका अनुसार सामान्यतया यस्तो तस्बीर प्रतिस्पर्धाका लागि खिचिदैन । उनले यो तस्बीर प्रतिस्पर्धाका लागि किन पठाए भने उनलाई यो धेरै मन प¥यो । तर कुनै प्रशंसा पाउने आशा गरिएको थिएन ।
‘म धेरै खुसी छु, त्यो समारोह आउने दिनहरू गन्दैछु । मलाई लाग्छ, मेरो सबैभन्दा महत्वपूर्ण समय देख्दैछु, म साथीहरूलाई भन्नेछु, उनीहरू मेरा नायक हुन् र फोटोग्राफीको शीर्ष स्थानमा रहन्छन् । म धेरै खुशी छु र यसलाई वर्णन गर्न सक्दिन ।’
‘वाइल्डलाइफ फोटोग्राफर अफ द इयर’ प्रतियोगिताको समग्र विजेताहरूको घोषणा आगामी अक्टोबर १० मा हुने पुरस्कार समारोहमा गरिनेछ । प्रतियोगितामा वर्षभर प्रवेश गरेका हजारौंबाट छनोट गरिएका १०० तस्बीरहरू आगामी अक्टोबर १३, शुक्रबार प्राकृतिक इतिहास सङ्ग्राहलयमा प्रदर्शनी गरिनेछ र त्यसछि विश्वभर लगिनेछ ।
‘एट्लान्टिक स्टारगेजर’ माछा, जसको ल्याटिन नाम ‘युरानेस्कोषमा स्क्वाबर’ हो किनभने तिनीहरूका आँखा माथितिर टाँसिएको हुन्छ । तिनीहरू पनि सिकारीहरू हुन् । शिकार समात्न तिनीहरू आँखा र मुख मत्रा देखिनेगरी बालुवा मुनि लुकेर बस्छन् । जुन फोर्मिसको फोटोमा देख्न सकिन्छ ।
फोर्मिसले भने, ‘यो भूडू मास्क वा मानव अनुहार जस्तो देखिन्छ र ती प्रजातिहरू जुन मलाई धेरै मनपर्छ, ठूला आँखा र मुख भएका ती प्रजातिहरूको अनुहार मनवको जस्तै देखिन्छ । यो सुन्दर जनावर हो ।’
फ्ल्यासमा केन्द्रित प्रकाश, ढिलो शटरस्पीड प्रयोग गरेर नीलो पानीमा ‘स्टारगजर’को तस्बीर लिन सफल भएको वर्णय गर्दै फोर्मिसले भने । ‘मेरो लागि यो झरना जस्तै हो, त्यसपछि तपाईँ पछाडिबाट यो डरलाग्दो अनुहार देख्नुहुन्छ । मैले केही फरक तस्बीरहरू लिएँ, तर मलाई यो मनपर्छ,’ उनले भने ।
फोर्मिसका बुबा फोटोग्राफर हुन् । बुबाले उनलाई डाइभिङमा लगेर गए । त्यसपछि उनको जीवन परिवर्तन भयो । त्यसपछि पानी मुनिको फोटोग्राफीमा फार्मिस लगभग पागल बन्न पुगे । उनले भने, ‘पानीमा जानु र सुन्दरताको तस्बीर लिनुलाई म विशेषाधिकार प्राप्त गरे जस्तै महसुस गर्छु ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसमा नौठो अफर, ‘४ सन्तान जन्माउनुहोस्, झोलाभरी पैसा लैजानुहोस् ’
पुष १३, २०८१ शनिबार
क्रिसमसमा सौतेनी भाइको सन्तानकी आमा बनिन् चर्चित अभिनेत्री
पुष ११, २०८१ बिहिबार
विश्वको सबैभन्दा सानो शहर, जहाँ बस्छन ५२ जना मात्रै
पुष ८, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
स्वास्थ्य बीमा ऐन संशोधन, बीमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली बनाइने
माघ १, २०८१ मंगलबार
सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० भन्दा बढीको मृत्यु
माघ १, २०८१ मंगलबार
वाईल्ड लाईफ फोटोग्राफर शेर्पाको अन्तिम बिदाइ
माघ २, २०८१ बुधबार
अर्थतन्त्रलाई सबल बनाउन सरकारले ध्यान दिएको छ : प्रधानमन्त्री ओली
माघ २, २०८१ बुधबार
तोरी फुलेर मनमोहक बनेको रत्नेचौर
माघ २, २०८१ बुधबार
बलम्बुस्थित 'बहुप्राविधिक शिक्षालय’को प्रयोगशाला
माघ २, २०८१ बुधबार
मधेशी युवालाई रोजगारीमा जोड्दै पूर्व एसएसपी थापा
माघ २, २०८१ बुधबार
बाँकेमा चिसोले जनजीवन प्रभावित
माघ २, २०८१ बुधबार