चीनले नेपालको चुच्चे नक्सा अस्वीकार गरेकाे भन्दै बालेनले गरे चीन भ्रमण रद्द
नेपालबहस संवाददाता
भदौ १४, २०८० बिहिबार १३:५१:५९
१४ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नैतिक संकट परेको जनाउँदै आफ्नो चीन भ्रमण रद्द गरेका छन् । चीन सरकारको निमन्त्रणामा पर्यटन प्रवर्द्धन तथा संस्कृति आदानप्रदानका लागि आज दिउँसो बालेन बेइजिङतर्फ जाने कार्यक्रम तय भएको थियो ।
चीन सरकारको चीनको प्राकृतिक स्रोत मन्त्रालयले तीन दिन पहिले मात्र आफ्नो नयाँ नक्सा सार्वजनिक गर्दा नेपालको नयाँ नक्सा अनुसारको भूभाग समेटेको थिएन । नेपालकाे लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई भारतीय भूभागमै समेटेकाे छ । बरु भारतको अरुणाचल लगायत दक्षिणी महासागरको केही भाग चीनको भूभागभित्र पारिएको थियो ।
नेपालले चुच्चे नक्सामा समेटेको दार्चुलाका कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्साको सट्टा पुरानै नक्सा राखेर चीनले नेपालको स्वाधीनता अस्वीकार गरेको साहको निष्कर्ष छ । नयाँ चिनियाँ नक्साप्रति असन्तुष्टि जनाउँदै मेयर साहले आजको भ्रमण रद्द गरेको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । नेपाल सरकारले २०७७ जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नेपालको राजनीतिक नक्सा संसदबाट पारित गरेको थियो । उक्त नक्सा पाठ्यक्रम, सरकारी कार्यालय, कागजपत्रमा प्रयोग गरिँदै आएको छ ।
‘नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौं । त्यसैले आज मेरो चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु’ सामाजिक सञ्जाल फेसबुकमा बालेनले लेखेका छन् ।
यसअघि भारतले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई आफ्नो राजनीतिक नक्सामा समेटेर गत वर्ष नयाँ नक्सा जारी गरेपछि नेपालभित्र भारत सरकारविरुद्ध असन्तुष्ट बढिरहेकाे छ । मेयर साहले त त्यही बेला नेपालको ग्रेटर नेपाल ताकाका नक्सा नै आफ्नो कार्यकक्षमा राखेका छन् । ग्रेटर नेपाल (बृहत नेपाल)मा पूर्वमा टिष्ट र पश्चिममा काँगडा (लिम्पियाधुराभन्दा पर)सम्म नेपालको भूभागको रुपमा समेटिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
गाउँपालिका उपाध्यक्षले तोडफोड गरिन् सरकारी गाडी
पुष २१, २०८१ आइतबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार