न्याय क्षेत्रमा प्रवेश गरेदेखि नराम्रो काम गरेको छैन, अब पनि राम्रै गर्छुः प्रधानन्यायाधीश श्रेष्ठ
नेपालबहस संवाददाता
भदौ १५, २०८० शुक्रबार १३:८:२०
१५ भदौ, काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आफूले न्याय क्षेत्रमा प्रवेश गरेदेखि नै नराम्रो काम नगरेको बताएका छन । उनले आगामी दिनमा पनि आफूले राम्रै काम गर्न चाहेको बताएका छन् । सुदूरपश्चिमाञ्चल सरोकार मञ्चले शुक्रबार श्रेष्ठलाई अभिनन्दन गर्ने क्रममा उनले न्यायपालिका प्रवेश गरेपछि पछाडि फर्केर हिँड्नु नपरेको बताए ।
प्रधानन्यायाधीश श्रेष्ठले जहिले पनि आफूले अग्रस्थानमा रहेर काम गरेको भन्दै आफू नेतृत्वमा रहुञ्जेल न्यायालयमा गलत काम हुन नदिने बताए । सर्वोच्च अदालतसहितका न्यायालयमा धेरै कुराको सुधार गर्नुपर्ने उनले बताए । आफू सधैं काममा अब्बल रहेका कारण नै यो स्थानमा आइपुगेको श्रेष्ठको भनाइ छ । प्रधानन्यायाधीश श्रेष्ठले मञ्चको अभिनन्दनले आफूलाई गौरव महसुस भएको र यसले आफूलाई न्यायिक कार्यमा थप सक्रियता हुन थप बल पुग्ने बताए ।
सो अवसरमा उनले आफू डोटीमा जन्मिई सुदूर पश्चिमबाट भारतको बाटो हुँदै काठमाडौँ आउनुपर्ने अवस्थामा दुःख सुख गरेर कठिनाइ र संघर्षका साथ अध्ययन तथा वृत्ति विकासमा लागेको स्मरण गरे । प्रधानन्यायाधीश श्रेष्ठले हाल आफ्नो कार्यक्षेत्रमा राम्रै गरेको छु भन्ने लागेको र सबैले पनि त्यही बुझेको महसुस गरेको बताए । उनले भने, ‘सुदूर पश्चिम भन्नासाथ असाध्य माया लाग्छ । जन्मेको ठाउँ । नजिक रहने हाम्रो स्वभाव पनि हो ।’
सो अवसरमा मञ्चका अध्यक्ष बहादुरसिंह विष्टले संस्थाले गर्दै आएका कामका बारेमा जानकारी गराउँदै संस्थाका तर्फबाट प्रधानन्यायाधीश श्रेष्ठलाई अभिनन्दन गरेका थिए । यसै गरी मञ्चका संस्थापक संरक्षक एवं पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहराले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
सुदूरपश्चिम प्रदेशको डोटीको सिलगढीमा बुवा दिव्यनारायण श्रेष्ठ र आमा देवकुमारी श्रेष्ठको कोखबाट विसं २०१६ असोज २० गते जन्मिएका विश्वम्भरप्रसाद श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक र राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन् ।
विसं २०४१ मा सुदूरपश्चिमको क्षेत्रीय अदालतमा शाखा अधिकृतका रुपमा कार्य सुरु गरेका उनले २०४४ सालमा उपसचिव र २०४५ सालमा जिल्ला अदालत दार्चुलामा न्यायाधीशका रुपमा काम सुरु गरेका थिए । २०४९ मा सर्वोच्च अदालतमा डेपुटी रजिष्ट्रार र झण्डै चार दशकसम्म न्याय सेवामा रहेका उनी २०८० साल भदौ ५ गते प्रधानन्यायाधीश पदमा नियुक्त भएको थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकैलाश सिरोहियालाई अनुसन्धानका लागि ३ दिन म्याद थप
जेठ ९, २०८१ बुधबार
कैलाश सिरोहियाको रिट दर्ता गर्ने वा नगर्ने भन्नेबारे भोलि निर्णय हुने
जेठ ८, २०८१ मंगलबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा लुम्बिनीमा विशेष समारोह हुँदै
जेठ १०, २०८१ बिहिबार
नेपालगञ्ज–गुलरिया सडकको ६५ प्रतिशत काम पूरा
जेठ १०, २०८१ बिहिबार
बृहत् राष्ट्रिय एकताका निम्ति अग्रसर हुन आह्वान
जेठ १०, २०८१ बिहिबार
बेलायतमा जुलाई ४ मा आम निर्वाचनको घोषणा
जेठ १०, २०८१ बिहिबार
राजस्थान आइपिएलको दोस्रो क्वालिफायरमा, आरसिबी बाहिरियो
जेठ १०, २०८१ बिहिबार