सभापति पुनले बनाए सल्लाहकार समिति, पार्टी थप चलायमान हुने विश्वास
नेपालबहस संवाददाता
भदौ १६, २०८० शनिबार १५:१०:२
१६ भदौ, काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले प्रदेश सल्लाहकार समिति गठन गरेका छन्। पार्टीका पुराना एवं अहिले सक्रिय पदमा नभएका नेताहरूलाई समावेश गरेर उनले समिति गठन गरेका हुन् ।
पहिले पार्टीको मुख्य भूमिकामा रहेका तर पछिल्लो समय बाहिर रहेका नेताहरूबाट सल्लाह, सुझाव एवं सांगठनिक अनुभव आदानप्रदानमा सहजता हुने विश्वासले समिति गठन गरिएको नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले बताएका छन्।
पार्टीमा रहेका पुराना अनुहारलाई साथमा लिन सकेमा पार्टी थप चलायमान हुने सभापति पुनको भनाइ रहेकाे पुनकाे सचिवालयले जनाएकाे छ । लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्दै राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका व्यक्तिहरू, राज्यका विशिष्ट वडाका पूर्व प्रशासकहरू र विभिन्न विषयका विज्ञहरूलाई जिल्ला तहको सिफारिसको आधारमा मनोनयन गरिएको कांग्रेस लुम्बिनीले बताएको छ ।
सामाजिक रुपान्तरण, स्रोत साधनको परिचालन, खोज, अनुसन्धान एवं नीति निर्माणका क्षेत्रमा सल्लाहकारहरूलाई सक्रिय बनाइने सभापति पुनको तयारी रहेकाे पुनकाे सचिवालयले नेपालबहसलाई बताएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक
कात्तिक ३०, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार