विश्वकप छनोट खेलमा नेपालसँग भुटान पराजित
नेपालबहस संवाददाता
भदौ १७, २०८० आइतबार १०:२८:३४
१७ भदौ, काठमाडौं । आईसीसी वुमन्स् टी–२० विश्वकप एसिया क्षेत्र छनोट खेलमा नेपालसँग भूटान पराजित भएको छ । नेपालले भुटानमाथि तीन विकेटको जितसहित सेमिफाइनलको सम्भावना बलियो बनाएको छ ।
भुटानले दिएको ४० रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १३.२ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । जितका लागि पाएको ४० रनको लक्ष्य नेपालले १३ ओभरमा पुरा गर्यो ।
नेपालका लागि रुविना क्षेत्रीले नटआउट १२ रन बनाइन् । कविता जोशीले ९ रन, सीता राना मगरले ८, पूजा महतोले ३ रन बनाइन् । अन्य ब्याट्सम्यान चल्न सकेनन । भुटानका लागि अन्जुली घलेले ३, छिरिङ जाङमोले २, अन्जु गुरुङ र सोनमले १–१ विकेट लिए । यसअघि भुटानले ८ विकेटको क्षतिमा ३९ रन बनाएको थियो ।
भुटानका लागि दिचेन वाङ्मोले २१ रन जोड्नु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । भुटानका ४ जना खेलाडी शून्य रनमा आउट भएका थिए । दुई जनाले १–१ रन जोडे भने एक जनाले ३ रन मात्रै बनाए ।
त्यसअघि, यूकेएम–वाईएसडी क्रिकेट ओभलमा टस हारेर ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ३९ रन बनाएको थियो । भुटानका लागि कप्तान दिचान वाङ्मोले सर्वाधिक २१ रन बनाइन् । छिरिङ जाङ्मोले ६ रन बनाइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआईपीएल टिम कोलकोताको मेन्टर बने ब्राभो
असोज ११, २०८१ शुक्रबार
नेपालले क्यानडा र ओमानसँग त्रिकोणात्मक टी-२० सिरिज खेल्ने
असोज ११, २०८१ शुक्रबार
टी-२० र टेस्ट क्रिकेट छोड्ने शकिब अल हसनको घोषणा
असोज १०, २०८१ बिहिबार
सहकारी ठगेर भागेका ढोरपाटनका मेयर देवकुमार नेपाली दिल्लीमा पक्राउ, नेपाल ल्याउने तयारी
असोज ११, २०८१ शुक्रबार
१२ घण्टा यता देशैभर भारी वर्षाः हवाई उडान प्रभावित, मुग्लिन-नारायणगढ सडकमा राती सवारी बन्द
असोज ११, २०८१ शुक्रबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः चिनियाँ ऋणको बोझबाट कहिले पाउला मुक्ति ?
असोज ११, २०८१ शुक्रबार
१२ बजेसम्ममा काठमाडौँ उपत्यकामा २१ जनाको मृत्यु
असोज १२, २०८१ शनिबार
आजबाट अग्रिम टिकट खुल्ला, झरीमा बिहानै देखि टिकट लिने सर्वसाधारणको बस पार्कमा भीड
असोज १२, २०८१ शनिबार
बाढी र पहिरोमा परेकोको उद्दारका लागि सशस्त्रबाट १६ सय ३० जना प्रहरी परिचालित
असोज १२, २०८१ शनिबार
मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा
असोज १२, २०८१ शनिबार
बाढी र पहिरोमा परी ११ जनाको मृत्यु, उपत्यकामा उद्दारका लागि महानगरले खटायो १७ टोली
असोज १२, २०८१ शनिबार
हेवा खोलाको बाढीले बेलिब्रिज बगायो, मेची राजमार्ग अवरुद्ध
असोज १२, २०८१ शनिबार