प्रभु क्यापिटल लिमिटेड र होस्ते हैंसेबीच सम्झौता नवीकरण
नेपालबहस संवाददाता
भदौ १७, २०८० आइतबार ११:२६:५७
१७ भदौ, काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले बालबालिका लक्षित गरी संचालनमा ल्याएको लगानी व्यवस्थापन सेवा अन्तर्गत होस्ते हैंसे संगको सम्झौता नविकरण गरेको छ । उक्त सम्झौता अनुसार बालबालिकाहरुको लागि Prabhu Little Champs नामक लगानी व्यवस्थापन सेवा (PMS) लिए बापत १ जना गरीब तथा पिछडिएको बालबालिकाको विद्यालय खर्च व्यहोर्ने क्यापिटलले जनाएको छ ।
प्रभु क्यापिटलले व्यवसायसँगै संस्थागत रुपमा समाजमा आफ्नो तर्फबाट योगदान गर्ने उद्देश्यले सुरुवात गरेको यो योजनामा जोडिएर आफ्नो छोराछोरीको उज्वल भविष्यलाई सुरक्षित गर्दै लगानी व्यवस्थापन सेवामा जोडिएर सामाजिक कार्यमा समेत सहयोगी बन्न सकिने क्यापिटलको भनाई छ ।
‘छोराछोरीको लागि लगानी सँगै शिक्षाबाट बञ्चित बालबालिकालाई सहयोग’ भन्ने मूल नारा सहित संचालन गरिएको यो योजनालाई क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत ‘होस्टे हैंसे’ नामक गैरसरकारी संस्थासँगको सहकार्यमा यो कार्यक्रम सञ्चालन गरेको हो ।
“Prabhu Little Champs” नामक लगानी व्यवस्थापन सेवा आफ्नो बालबालिकाहरुको उज्ज्वल भविष्यका लागि संचालन गरिएको PMS सेवा हो । यस PMS सेवाको लगानी अवधि ५ वर्ष, हर्डल रेटः ८ प्रतिशत, वार्षिक व्यवस्थापन शुल्क (एएमसी) २ प्रतिशत, मुनाफामा लाग्ने शुल्क २० प्रतिशत रहेको छ भने नाफा वितरण न्यूनतम लगानी अवधि पश्चात र गरीब तथा पिछडिएका बालबालिकालाई १ वर्षको लागि सम्पूर्ण विद्यालय खर्च क्यापिटलले व्यहोर्ने लगायत यस योजनाका मुख्य विशेषता हुन् ।
क्यापिटलका अनुसार यस योजनामा संलग्न भएका सेवाग्राहीहरुले अन्य पिएमएसका योजनामा जस्तै यसमा दैनिक रुपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने तथा साप्ताहिक पोर्टफोलियोको विवरण ईमेल मार्फत पाउने व्यवस्था प्रदान गरिरहेको छ । त्यसै गरी ग्राहकहरूले प्रभु क्यापिटलको डिजिटल एप मार्फत पनि सो योजनामा सहभागी हुनसक्ने तथा आफ्नो पोर्टफोलियो हेर्न सक्ने सुविधा सुरु गरिसकेको क्यापिटलले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदाउन्ने ‘एग्रो फार्म’ १० करोडको ‘शेयर’ जारी गर्दै
पुष १९, २०८१ शुक्रबार
फरवार्ड माइक्रोफाइनान्सको साधारण सभाद्वारा बोनस शेयर वितरणको प्रस्ताव पारित
मंसिर ३०, २०८१ आइतबार
कुमारी क्यापिटल र भारतको ध्रुव क्यापिटल सर्भिसेजबीच सहकार्य गर्ने सम्झौता
मंसिर २८, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार