पेप्सीकोला सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुग्यो
नेपालबहस संवाददाता
भदौ १७, २०८० आइतबार ११:३७:६
१७ भदौ, काठमाडौं । आज बिहान करिब ७ बजेतिर पेप्सीकोलामा बस र जीप ठोक्किएर बस पल्टिँदा भएको दुर्घाटनामा मृत्यु हुनेको संख्या २ पुगेको छ । बस पल्टिएर स्कूटर र मोटरसाइकललाई गम्भीर क्षति पुगेको थियो ।
मोटरसाइकलका २ र स्कूटरका २, जीपका समेत गरी ७ जना घाइते भएका थिए । उपचारका क्रममा स्कूटरमा सवार सशस्त्र प्रहरी जवान उषा थापाको मृत्यु भएको छ । उनी सशस्त्र प्रहरी बल नम्बर २० विपद् उद्धार उपत्यका गण (सिनामंगल) मा कार्यरत थिइन् ।
यसअघि मोटरसाइकलमा सवार सर्लाही शान्तिटोल–१ का २८ वर्षीय राज भट्टराईको मृत्यु भएको थियो । माेटरसाइकल र स्कूटर क्षतिग्रष्त भएका छन् ।
जडीबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरको बा३ख ४८४८ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा ६ च ५३४२ नम्बरको बोलेरो जिप एक आपसमा ठोक्किंदा बस पल्टिएर कुल्चिँदा बागमती प्रदेश ०२ प ५३११ नम्बरको स्कुटर र बागमती प्रदेश ०२ प ४८३८ नम्बरको मोटरसाइकल कुल्चिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ: सभापति देउवा
मंसिर १२, २०८१ बुधबार
मन्त्रालयहरूको त्रैमासिक समीक्षा परिणाममूलक बनाउन प्रधानमन्त्रीको निर्देशन
मंसिर १२, २०८१ बुधबार
सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल
मंसिर १२, २०८१ बुधबार
नेपाल स्वास्थ्य सम्मेलन आगामी पुसमा हुने
मंसिर १२, २०८१ बुधबार
अनलाइन जुवा र क्रिप्टोमा ५५ करोडको कारोबार गर्ने एकजना पक्राउ
मंसिर १२, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा राणा चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १२, २०८१ बुधबार