नेपालको चुच्चे नक्साबारे विवाद बढाउनेभन्दा कूटनीतिक रुपमा अन्तर्राष्ट्रिय जगतलाई जानकारी गराइन्छः परराष्ट्रमन्त्री
नेपालबहस संवाददाता
भदौ १७, २०८० आइतबार १२:३३:८
१७ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले नेपालको चुच्चे नक्साका विषय छिमेकी मुलुकसँग विवाद बढाउनेभन्दा कूटनीतिक बलमा समाधान गरिने बताएका छन् । उनले यस अघिका सरकारले नेपालले नयाँ नक्सा प्रकासित गरेको विषयलाई छिमेकी देश र तेस्रो मुलुकलाई जानकारी नगराएको बताएका छन् ।
आइतबार ओखलढुंगाका पत्रकारहरूसँग कुरा गर्दै मन्त्री साउदले नेपालको नयाँ नक्साबारे कूटनीतिक रुपमा अन्तर्राष्ट्रिय जगतलाई जानकारी गराइने बताए । उनले पहिलेको सरकारले नयाँ नक्साबारे जानकारी गराएको भए यस्तो समस्या नआउने भन्दै सीमा र नक्सा बारेमा आएका विवाद कूटनीतिक वार्ता र सम्वादबाट सुल्झाउने सरकारको नीति रहेको बताए ।
उनले सरकार यसलाई धेरै ठूलो विवाद बनाएर अगाडि बढ्नुभन्दा पनि सबै देशहरूसँग कूटनैतिक सम्वाद, छलफल गरेर यो विवादको समाधान खोज्नेतिर। लागेको बताए । विगतको सरकारले नेपालको नयाँ नक्सा जारी गरे पनि त्यो नक्साको जानकारी सम्बन्धित देशलाई औपचारिक च्यानलको माध्यमबाट नदिइएको बताए । यद्यपि आफूहरू नेपालको नयाँ नक्साप्रति प्रतिबद्ध रहेको भन्दै उनले छिमेकीसँगको सीमा विवाद कूटनैतिक च्यानलबाट समाधान गर्ने पनि बताए ।
चीनले हालै जारी गरेको आफ्नो नक्सामा नेपालको चुच्चे नक्सा नसमेटेको विषयमा सरकारको धारणाबारे राखेको जिज्ञासामा मन्त्री साउदले पहिले जानकारी नगराउनुले पनि कमजोरी भएको हुनसक्ने बताए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको चुच्चे नक्सा जारी गरेका थिए ।
मन्त्री साउदले भने विगतमा काम गर्दै जाँदा ढंग नपुगेको बताए । ‘कहिलेकाहिँ काम गर्दै जाँदा खेरि ढंग नपुगेको जस्तो पनि पटक–पटक देखिने गरको छ । विशेष गरी नक्सा पास गरिसकेपछि त्यो नक्सा प्रपर च्यानलबाट सम्बन्धित देशहरूमा गयो कि गएन भन्ने बारेमा अहिले पनि मैले मन्त्रालयमा बुझ्दाखेरि गइसकेको भन्ने ठोस जानकारी मैले पाएको छैन, उनले भने ।
उनले थपे, ‘बाहिर चाहिँ त्यो बेलाको जिम्मेवारीमा रहेका महत्वपूर्ण साथीहरूले हामीले नक्सा पठायौँ भन्ने किसिमको जानकारी गराएको भए पनि सम्बन्धित देशलाई त्यो नोट गइसकेको या गइसकेको भन्ने बारेमा मैले सम्बन्धित आफ्नो मन्त्रालयको सम्बन्धित महाशाखामा बुझ्दाखेरि त्यस्तो नोट गएको जस्तो जानकारी प्राप्त भएको छैन ।’
यद्यपि आफूहरू नेपालको नयाँ नक्साप्रति प्रतिबद्ध रहेको बताए । ‘नेपालले आफ्नो नक्सा सार्वभौम संसदबाट सर्वसम्मतले पारित गरेर जारी गरिसकेको छ । जारी गरिसकेपछि हामी आफ्नो नक्साका बारेमा कमिटेड छौं र सबै छिमेकी मुलुकसमेत अन्तर्राष्ट्रिय समुदायले पनि हाम्रो नक्साको हाम्रो निर्णयको सम्मान गरोस् भन्ने हाम्रो धारणा रहि आएको छ,’ उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छु : अध्यक्ष प्रचण्ड
पुष २४, २०८१ बुधबार
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायललाई परराष्ट्रमन्त्रीको आग्रह
पुष २४, २०८१ बुधबार
कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र
पुष २५, २०८१ बिहिबार
तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २५, २०८१ बिहिबार
चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
पुष २५, २०८१ बिहिबार
एचएमपिभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैनः स्वास्थ्य मन्त्रालय
पुष २५, २०८१ बिहिबार
बुइपाका चार टोलमा ड्यू, कोक, रम, बियरलगायत पेयपदार्थमा प्रतिबन्ध
पुष २५, २०८१ बिहिबार
सहकारी ठगी प्रकरण : रवि लामिछानेसहितको मुद्दामा आज आदेश आउन सक्ने
पुष २५, २०८१ बिहिबार