पश्चिम सेतीको विस्तृत अध्ययन गर्न भारतीय टोली पुग्यो आयोजना स्थल
नेपालबहस संवाददाता
भदौ १७, २०८० आइतबार १२:५८:५३
१७ भदौ, काठमाडौं । राष्ट्रिय गौरवको ७५० मेगावाट विद्युत उत्पादन क्षमताको पश्चिम सेतीको विस्तृत अध्ययन गर्न भारतीय टोली आयोजना स्थलमा पुगेको छ । भारतको सरकारी कम्पनी एनएचपीसीका प्रतिनिधि टोली प्राविधिकसहित पश्चिम सेती निर्माण स्थलमा पुगेको हो ।
यसअघि चिनियाँ कम्पनी थ्री गर्जेजले ठेक्का पाए पनि लगानी जुटाउन आलटाल गरेपछि यसअघि देउवा सरकारले भारतीय कम्पनीलाई दिने निर्णय गरेको थियो । एनएचपीसीले करिब ४० किमीको फरमा पश्चिम सेती र एसआर सीक्स जलविद्युत आयोजना बनाउने जिम्मा पाएको छ । पश्चिम सेती करिब डेढ अर्ब र एसआर सिक्स ९० करोड डलर लगानीमा बन्ने दाबी गरिएको छ ।
पश्चिम सेतीमा ६ वटा जलविद्युत आयोजना बन्ने राष्ट्रिय लगानी बोर्डले जनाएको छ । पहिले पश्चिम सेती र ४५० मेगावाटको सेती ६ नामक आयोजना बन्ने दाबी गरिएको छ । आयोजनाको विकास गर्न वातावरणसहितका अद्यावधिक अध्ययन गर्न दुई वर्षको समय सीमा तोकिएको छ ।
गौरवका आयोजना भारतीय कम्पनीलाई दिँदा लामो समय ओगटेर मात्र राख्ने र म्याद थप गराउन ठूलो रकम चलखेल गर्ने काम हुने गरेको भन्दै स्थानीय र विभिन्न राजनीतिक दलहरूले विरोध गर्दै आइरहेका छन् । माथिल्लो कर्णालीमा भारतीय कम्पनी जीएमआरले २२ वर्षदेखि म्याद थप गर्दै ओगटेर बसेको छ ।
यस्तै अरुण तेस्रोमा भाररतका कम्पनीले यस्तै व्यवहार देखाउँदै आएको छ । ठूला आयोजना सरकार आफैंले लगानी जुटाएर बनाउनु पर्ने सुझाव विज्ञहरुको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधुलिखेल क्षेत्रका क्षतिग्रस्त खानेपानी आयोजना पुनःनिर्माणका लागि एक लाख युरो सहयोग
पुष १९, २०८१ शुक्रबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
घरघरमा शुद्ध खानेपानीसहितको नलको व्यवस्था गरिने
पुष १९, २०८१ शुक्रबार
‘स्वास्थ्य बिमा रकम पाँच लाख पुर्याउन स्रोत खोज्दै’
पुष १९, २०८१ शुक्रबार
ताजा रगत खोज्न ‘ब्लड फर मी’ ‘मोबाइल एप्स’ सार्वजनिक
पुष १९, २०८१ शुक्रबार
विकास निर्माणमा सहज हुनेगरी काम गरिरहेका छौँः वनमन्त्री शाही ठकुरी
पुष १९, २०८१ शुक्रबार
विराटनगरका मेयर नागेश कोइराला प्रवृत्ति : ‘सिङ नभएको तिखे गोरु’
पुष १९, २०८१ शुक्रबार
स्कुटर दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते
पुष १९, २०८१ शुक्रबार