नेप्से सूचक ३०.५६ अंकले घट्यो, कारोबार रकममा सोल्टी होटेल अग्रस्थानमा
नेपालबहस संवाददाता
भदौ १७, २०८० आइतबार १५:४६:२८
१७ भदौ, काठमाडौं । शेयरबजार आइतबार ३०.५६ अंकले घटेर १९६०.०३ अंकमा अडिएको छ । १ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।
लामो समयदेखि १९९० विन्दुभन्दा तल झर्न नसकेको नेप्से सूचक आइतबार उक्त विन्दुको सपोर्टलाई पनि छाडेर थप तल आएको हो । बजार यसअघि साइडवेजमा थियो ।
धेरै दिनसम्म नेप्से १९९० विन्दुकै आसपासमा घुमिरह्यो । तर, दिनहुँको प्रयासपछि पनि माथि जान नसकेपछि अन्ततः आइतबार सूचकले १९९० को सपोर्टलाई पनि छाडेको हो ।
पछिल्ला दिनहरुमा लगातारजसो सूचक तल झरिरहेको छ भने कारोबार रकम पनि सुस्त बनेको छ । बैंकहरुले शेयर कर्जा दिन थाले पनि त्यसको सकारात्मक प्रभाव अहिलेसम्म बजारमा देखिएको छैन ।
यस दिन २७६ कम्पनीको ४० लाख ५३ हजार कित्ता शेयर कारोबार भएको छ । ३ करोड ८८ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सोल्टी होटेल अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः आइएमई लाइफ इन्स्योरेन्स र सिटी होटेल परेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा आज उच्च अङ्कको वृद्धि, पाँच अर्ब ८५ करोडको कारोबार
जेठ ७, २०८१ सोमबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
नेप्से आज शून्य दशमलव ७९ अङ्कले उकालो
जेठ ३, २०८१ बिहिबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
विनोद त्रिपाठी
जेठ ९, २०८१ बुधबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
केदार भट्टराई (काका)
जेठ १०, २०८१ बिहिबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
जेठ ११, २०८१ शुक्रबार
पाक्वेटालाई स्पट फिक्सिङको आरोप, १० बर्षको प्रतिबन्ध लाग्न सक्ने
जेठ ११, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ११, २०८१ शुक्रबार
सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस
जेठ ११, २०८१ शुक्रबार
आगामी असार २ गते व्यास नगरप्रमुखको पुनःमतगणना हुने
जेठ ११, २०८१ शुक्रबार
इरानी चित्रकारको एकल चित्रकला प्रदर्शनी सुरू
जेठ ११, २०८१ शुक्रबार
सदनको गतिरोध हटाउने विषयमा शीर्ष नेताबीचको छलफल सकारात्मक
जेठ ११, २०८१ शुक्रबार
रफाहमा आक्रमण तुरुन्त रोक्न इजरायललाई संयुक्त राष्ट्र संघ अदालतको आदेश
जेठ ११, २०८१ शुक्रबार