विराटनगर भन्सारको राजश्व असुलीमा सुधार हुुँदा निर्यात पनि बढ्यो
नेपालबहस संवाददाता
भदौ १७, २०८० आइतबार १८:९:३५
१७ भदौ, विराटनगर। आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना साउन मसान्तमा विराटनगर भन्सारले लक्ष्य अनुसारको भन्सार राजश्व असुली गर्न नसके तापनि निर्यात तर्फ भने प्रगति हासिल गर्न सफल भएको छ ।
विगतका केही वर्षदेखि विराटनगर भन्सारले आफ्नो लक्ष्य अनुसारको भन्सार राजश्व असुली गर्न नसक्दा विराटनगर भन्सारको साखमा नै गिरावट आएको बेला चालू आर्थिक वर्षको पहिलो महिना मै निर्यात तर्फ भने आशातीत राजश्व असुली गर्न सफल भएको छ । चालू आर्थिक वर्ष ०८०/०८१ साउन मसान्तसम्मको एक महिनामा विराटनगर भन्सारले सेन्थेटिक यार्न निर्यात गरी रु ५४ करोड ११ लाख ९९ हजार ५ सय १४ रूपैयाँ मूल्य बराबर ३९.३६ प्रतिशत राजश्व असुली गर्न सफल भएको हो ।
त्यसै गरी ऊनी, सुति, टेरिकटन बाहेकका कपडाको निकासीबाट रु १४ करोड ०२ लाख ८७ हजार ४ सय २३ रूपैयाँ मूल्य बराबर १७.९५ प्रतिशत, जुटको बोरा झोला निकासीबाट रु १६ करोड ५१ लाख ८५ हजार ५ सय ७७ रूपैयाँ मूल्य बराबर ३५.४१ प्रतिशत, तामाको सिट, चाँदर र स्टीपको निकासीबाट रु १२ करोड ४२ लाख ६५ हजार १ सय २८ रूपैयाँ मूल्य बराबर ६३.२४ प्रतिशत, लिड सीसा र इन्गटको निकासीबाट रु ७ करोड ५५ लाख ७६ हजार ३ सय ७८ रूपैयाँ मूल्य बराबर ८३.४४ प्रतिशत, फलामे पातको निकासीबाट रु ३ करोड ९३ लाख ३० हजार ०२९ रूपैयाँ मूल्य बराबर २.५२ प्रतिशत, पिनाको निकासीबाट रु ४ करोड ४५ लाख २७ हजार ५ सय ९४ रूपैयाँ मूल्य बराबर २३.५१ प्रतिशत, तयारी कपडाको निकासीबाट रु ४ करोड ४७ लाख ०२ हजार ०८२ रूपैयाँ मूल्य बराबर ९१.५६ प्रतिशत र खयर कत्थाको निकासीबाट रु ४ करोड ७१ लाख ५५ हजार २०० रूपैयाँ मूल्य बराबर १०९.९१ प्रतिशतले निकासीमा बृद्धि गर्दै राजश्व असुलीमा समेत उल्लेखनीय प्रगति हासिल गर्न विराटनगर भन्सार सफल भएको हो ।
विश्वव्यापी रुपमा फैलिएको कोभीड १९ को संक्रमण रोग तथा विश्वव्यापी आर्थिक मन्दीले गर्दा राजश्व असुलीमा समेत प्रभाव परिरहेका बेला विराटनगर भन्सारको हकमा भने त्यस्तो खासै प्रभाव नभएको भन्सार प्रमुख ज्ञानेन्द्र राज ढकालले जानकारी दिएका छन् । सरकारले तोकेको कुल राजश्व असुलीमा साउन महिनामा पनि केही कम मात्र राजश्व असुली भएता त्यसलाई राजश्व असुलीका हिसाबले नराम्रो भन्न नमिल्ने प्रमुख भन्सार अधिकृत ढकालको छ ।
चालू आर्थिक वर्षको पहिलो साउन महिनामा पनि २ अर्ब ६९ करोड मूल्य बराबरबाट ३६.४९ प्रतिशतले राजश्व असुली गर्न विराटनगर भन्सार सफल नै भएको प्रमुख भन्सार अधिकृत ढकालले बताए । चालू आर्थिक वर्षको पहिलो साउन महिनाको राजश्व असुली सन्तोषजनक नै रहेको अवस्थामा विगतमा विराटनगर भन्सारको भन्सार राजश्व असुली ओरालो लाग्नुमा विगतको असक्षम भन्सार प्रशासन नै मुख्य जिम्मेवार भएको विश्लेषण अहिले गर्न थालिएको छ । जसको परिणाम विगतदेखि नै विराटनगर भन्सारले आफ्नो लक्ष्य अनुसारको भन्सार राजश्व असुली गर्न नसकेको दावी भन्सार उच्च स्रोतले गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँच महिनामा प्रहरीले संकलन गर्यो २ अर्ब २४ करोड बढी राजस्व
पुष २२, २०८१ सोमबार
भन्सारबाहिर वस्तु जाँचमा लाग्ने महशुलको थप ५० प्रतिशत धरौटीको व्यवस्था संशोधन गर्न माग
पुष १९, २०८१ शुक्रबार
पाँच महिनामा सात करोड बढी राजस्व संकलन
पुष १९, २०८१ शुक्रबार
लागूऔषधसहित विभिन्न ठाउँबाट सात जना पक्राउ
पुष २४, २०८१ बुधबार
पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पुष २४, २०८१ बुधबार
नवीकरण नभएका सङ्कलित हतियार बुझाइँदै
पुष २४, २०८१ बुधबार
बादलुको घुम्टोभित्र घोराही र देउखुरी
पुष २४, २०८१ बुधबार