राष्ट्रिय भूमि आयोगका कामबारे जानकारी लिन विभागीय मन्त्री र पदाधिकारीलाई समितिमा बोलाइने
नेपालबहस संवाददाता
भदौ १७, २०८० आइतबार १७:५२:२८
१७ भदौ, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत रहेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले राष्ट्रिय भूमि आयोगबाट भइरहेका कामको अवस्थाबारे जानकारी लिने भएको छ । समितिले आयोगबाट भइरहेका कार्यहरुलाई व्यवस्थित गर्न आयोगका अध्यक्ष लगायतका पदाधिकारी र भूमि, सहकारी तथा गरिवी निवारण मन्त्रीलाई समितिको अर्को बैठकमा बोलाएर छलफल गर्ने निर्णय गरेको छ ।
समितिले हालसम्म छलफल गरी सम्बन्धित मन्त्रालयमा पठाइएका निर्णय तथा दिइएको निर्देशन कार्यान्वयनको अवस्थाबारे लिखित रूपमा ७ दिनभित्र उपलब्ध गराउन माग गर्ने निर्णय पनि गरेको छ । नेपालको तराई तथा मध्यपहाडी क्षेत्रमा उत्पादन हुने गाँजा खेती बहु उपयोगी रहेकोले यसको उत्पादन, प्रशोधन र बिक्री वितरण गर्ने कार्यलाई वैधानिक बनाउने सम्बन्धमा सम्बन्धित निकायहरूसँग थप छलफल गरी निष्कर्षमा पुग्ने निर्णय गरेको छ ।
समितिले कृषि मन्त्रालयको संस्थागत संरचना, कार्यसम्पादन र जिम्मेवारीको विषयमा आगामी बैठकमा बोलाएर ब्रिफिङ लिने निर्णय गरेको छ । आइतबार सिंहदरबारमा बसेको बैठकले कृषि मन्त्रालयका साथै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई समेत बोलाएर लिखित तथा मौखिक रूपमा ब्रिफिङ लिने निर्णय गरेको समितिका सभापति आरजु राणा देउवाले जानकारी दिइन् ।
समितिको बैठकले खाद्य स्वच्छता तथा गुण नियन्त्रण सम्बन्धी विधेयकमा छलफलका लागि उपसमिति बनाउने, विगतमा समितिको कार्यक्षेत्र रहेको ऊर्जा, सिञ्चाई तथा जलस्रोत मन्त्रालयलाई प्रतिनिधिसभा नियमावली २०७९ बाट सो समितिबाट झिक्दा कृषि क्षेत्रको समग्र सुधार कार्यमा कठिनाइ हुने भएकोले ऊर्जा, सिँचाई तथा जलस्रोत मन्त्रालयलाई सोही समितिको क्षेत्राधिकारभित्र राख्न सभामुखसँग आग्रह गर्ने निर्णय पनि गरेको छ ।
यस्तै बङ्गलादेशको धान उत्पादनको अवस्था अवलोकनका लागि असोजको दोस्रो साता ५ दिने भ्रमणमा सहभागी हुने सांसदहरूको नाम छनौट गर्ने निर्णय भएको छ । कार्बन उत्सर्जन र जलवायु परिवर्तनको विषयमा मन्त्रालय गत रहेको नीति र के के काम भएको छ त्यो विवरण माग गर्ने निर्णय भएको छ । कार्बन उत्सर्जन र जलवायु परिवर्तनको विषयमा मन्त्रालय गत रहेको नीति र के के काम भएको छ त्यो विवरण माग गर्ने निर्णय भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छु : अध्यक्ष प्रचण्ड
पुष २४, २०८१ बुधबार
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायललाई परराष्ट्रमन्त्रीको आग्रह
पुष २४, २०८१ बुधबार
कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र
पुष २५, २०८१ बिहिबार
तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २५, २०८१ बिहिबार
चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
पुष २५, २०८१ बिहिबार
एचएमपिभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैनः स्वास्थ्य मन्त्रालय
पुष २५, २०८१ बिहिबार
बुइपाका चार टोलमा ड्यू, कोक, रम, बियरलगायत पेयपदार्थमा प्रतिबन्ध
पुष २५, २०८१ बिहिबार
सहकारी ठगी प्रकरण : रवि लामिछानेसहितको मुद्दामा आज आदेश आउन सक्ने
पुष २५, २०८१ बिहिबार