बर्दिया कारागारबाट भागेका कैदी ‘भाइ नाइके’ भएको खुलासा
नेपालबहस संवाददाता
भदौ १७, २०८० आइतबार १८:१:२३
१७ भदौ, काठमाडौं । गएराति बर्दियाको जिल्ला कारागार गुलरियाको पर्खाल नाघेर भागेका कैदीबन्दै अजित बुढाक्षेत्री कारागारका ‘भाइ नाइके’ रहेको खुलेको छ । उनी बिहान ३ बजेतिर अन्य बन्दी निदाएको मौका पारी १६ फि अग्लो पर्खाल नाघेर भागेका हुन् ।
उनी २०७१ चैतमा ठाकुरबाबा नगरपालिका–८ का ७९ वर्षीय छिमेकी जोरासिंह थापाको हत्या गरेको गरेको अभियोगमा जिल्ला अदालतबाट दोषी ठहर ३० वर्षको सजाय काटिरहेका थिए ।
हत्यापछि लामो समयमा भारतमा लुकेर घर आएका बेला प्रहरीले ११ महिना अघि पक्राउ गरी अदालतको फैसला कार्यान्वयनका लागि कारागारमा राख्दै आएको थियो । त्यसक्रममा उनी केही महिना पहिले मात्र कारागारमा भाइ नाइके नियुक्त भएका थिए ।
भाइ नाइकेलाई हत्कडी लगाइँदैन । उनलाई कारागारका कैदीलाई रासनपानीको बन्दोबस्ती हेर्ने जिम्मा हुन्छ । अन्य कैदीबन्दीलाई भन्दा उनलाई बस्न छुट्टै सुविधा समेत दिइएको हुन्छ । त्यसअवस्थामा पनि उनी फेरि प्रशसानको आँखा छलेर भागेका हुन् ।
हत्या घटनापछि पक्राउ पर्दा बुढाक्षेत्री जिल्ला अदालतमा लैजाने क्रममा प्रहरीलाई झुक्याएर हतकडीसहित भागेका थिए । त्यसपछि उनी भारत पुगेका थए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार