भाजपा मोडलमा माओवादी केन्द्रको प्रतिरक्षा टीम सञ्चालनमा
नेपालबहस संवाददाता
भदौ १८, २०८० सोमबार ११:१:७
१८ भदौ, काठमाडौं । करिब डेढ महिना अघि अर्थात् साउन ७ देखि १२ गतेसम्म सत्तारुढ माओवादी केन्द्रका नेताहरू एक साता लामो भारत भ्रमणमा पुगेका थिए । भ्रमण दलको नेतृत्व उपाध्यक्ष पम्फा भुसालले गरेकी थिइन । भारत जाने टोलीमा चक्रपाणि खनाल, रामेश्वर राय यादव, सत्या पहाडी र सुरेश राई पनि सहभागी थिए । त्यो टोलीले साताव्यापी रुपमा भारतमा के के सिकेर आयो, आफ्नो पार्टीलाई कसरी रुपान्तरण गर्दैछ भन्ने बारेमा भने केही दिन यता त्यसका परिणामहरू देखिन थालेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल एक साता अघि पार्टीको ‘आईसीटी फोरम’ को प्रथम बैठक गर्ने क्रममा माथिदेखि तलसम्म आईसीटी फोरम गठन गर्ने बताए । यस्तो फोरम भारतीय जनता पार्टीको मात्रै छ । उनले पनि नेपालमा आफ्नो पार्टीलाई यही गतिमा लाने तयारी गरेका हुन् । गत साउन १७ देखि २१ सम्म काठमाडौंमा बसेको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले आईसीटी फोरम नामक नयाँ जनसंगठन निर्माण गर्ने निर्णय गरेपछि त्यसको बैठकमा प्रचण्डले केन्द्रदेखि सेल कमिटीसम्मै यसको संगठन निर्माण गरेर प्रचार प्रसार गर्ने जमर्को गरेका हुन् ।
भाजपाले पार्टी केन्द्रदेखि तल्लो तह ‘पाना’ कमिटी (नेपालका राजनीतिक दलमा सेल÷टोल कमिटी) सम्म नै आन्तरिक ‘आईटी फोर्स’ गठन गरेको छ । बीजेपी (भाजपा) ले हरेक पार्टी युनिटमा सामाजिक सञ्जाल र मिडिया युनिट बनाएर संगठन, जनसेवा र प्रचारलाई सँगसँगै लगेको छ । मिडियालाई २४ घण्टा अब्जर्भेसन गर्ने, त्यसैमार्फत अफेन्स, डिफेन्स गर्ने रणनीतिमा बीजेपी आक्रामक छ । ‘कुन बेला के समाचार आउँछ त्यसको तुरुन्तै प्रतिवाद गर्ने निर्णय अनुसार प्रचण्डले यस्तो निर्णय लिएका हुन, उनले भारतीय जनता पार्टीको कपी राइट गरेका छन्’, माओवादी स्रोतले भन्यो ।
भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जगत प्रकाश (जेपी) नड्डाको निम्तोमा भुसाल, चक्रपाणि खनाल, रामेश्वर राय यादव, सत्या पहाडी र सुरशेकुमार राई (हिमाल) दिल्ली पुगेका थिए । विभिन्न देशका राजनीतिक दलका नेताहरूलाई आफ्नो मुख्यालयमै आमन्त्रण गरेर भाजपाले केही समय यता ‘नो बीजेपी भन्ने कार्यक्रम आयोजना गदैं आइरहेको छ । त्यही क्रममा नेपालका माओवादी पार्टीका नेताहरूलाई पनि भाजपाले दिल्लीमा आमन्त्रण गरेको थियो । आफ्नो पार्टीको संगठन, योजना लगायत विविध पक्ष बारेमा भाजपा अध्यक्ष नड्डाले नै माओवादीका नेताहरूलाई विफ्रिङ गरेका थिए ।
भाजपाले आन्तरिक पार्टी निर्माणका लागि प्रयोग गरिरहेको योजनामध्येकै आईटी फोरमकै जस्तो सिको नेपालमा माओवादीले पनि आफ्नो पार्टी संगठनको कार्य योजनामा प्रयोग गर्न लागेको हो । गत वर्ष माओवादी अध्यक्ष (प्रचण्ड)ले भाजपाका अध्यक्षको निमन्त्रणामा भारत भ्रमण गरेका थिए । यो २०७९ को चुनाव अगाडीको भएको भ्रमण थियो । उनी त्यस बेला नै भाजपाको मुख्यालयमा पुगेका थिए । त्यही भ्रमणदेखि नै दुई देशका दुई पार्टीबीचको सम्बन्ध मित्रता पूर्ण बनाउन, जनता र राष्ट्रको बीचको सम्बन्धलाई पनि सुदृढ र राम्रो बनाउन छलफल र सहकार्य शुरु भएको थियो ।
अहिले भुसाल नेतृत्वको टोलीको भ्रमणले थप सम्बन्ध मित्रतापूर्ण बनाउन भूमिका खेलेको माओवादी नेताहरूको जिकिर छ । भुसाल नेतृत्वको टोलीले भाजपाका विषयमा गरेको अध्ययन प्रतिवेदनको विफ्रिङ भ्रमणबाट फर्किर्एपछि प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष प्रचण्डलाई गरेका थिए । माओवादीको टोली भारत पुगेर आएपछि त्यहाँको वस्तुस्थितिको बारेमा पार्टीका बैठकमा प्रस्तुत गरेपछि माओवादी आईसीटी गठन गर्ने अवस्थामा पुगेको हो ।
माओवादीको केन्द्रीय संरचनाभित्र भूगोलका ७ र गैह्र भूगोलका तीन गरि १० वटै प्रदेशका एक एक जना, मुख्य १२ वटा जन वर्गीय संगठनबाट एकएक जना, पार्टीको विगत देखि नै रहेको सूचना प्रविधि विभागमा रहेकाबाट ७ जना र पार्टी निकट पत्रकारहरूको संगठन प्रेस सेन्टर नेपालबाट ३ जना रहने गरि आईसीटी फोरमको केन्द्रीय टीम निर्माण गरिएको छ । उक्त टीममा रिर्सचर र विज्ञबाट समेत ३ जना राखिएको छ । ४१ जनासम्मको केन्द्रीय समिति बनाउने गरि अहिलेलाई आईसीटी फोरमको विधान बनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघीय संसदका ५ समितिको बैठक बस्दै, यस्तो छ छलफल हुने कार्यतालिका
पुष २६, २०८१ शुक्रबार
अध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
धनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना, चालक र सहचालकको मृत्यु
पुष २६, २०८१ शुक्रबार
५० शैय्याको अस्पताल भवन: थपिएको म्याद सकियो, निर्माण सकिएन
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुने
पुष २६, २०८१ शुक्रबार
अमेरिकाको भर्जिनियामा कार हिउँमा चिप्लिदा २ नेपालीको मृत्यु
पुष २६, २०८१ शुक्रबार