सुनसरीमा नेपाल किसान महासंघको सकृयता
यज्ञप्रसाद भट्टराई
भदौ १८, २०८० सोमबार १२:७:२६
१८ भदौ, काठमाडौं । नेपाल किसान महासंघको कोशी प्रदेश अन्तर्गत सुनसरी जिल्लामा निरन्तर रुपमा गतिविधिहरु सञ्चालन भइरहेका छन् । रामबृक्ष मेहताको अध्यक्षतामा गठन भएको नेपाल किसान महासंघको जिल्ला तदर्थ समितिले कोशी प्रदेशका १४ वटै जिल्लामै उत्कृष्ट कार्य गरिरहेको नेपाल किसान महासंघका केन्द्रीय सदस्य केशव भट्टराईले नेपालबहस डटकमलाई बताएका हुन ।
नेपाल किसान महासंघलाई पालिका स्तरसम्म बिस्तार गर्दै किसान महासंघको संगठन बलियो बनाउने क्रममा केन्द्रीय सदस्य केशव भट्टराईको सकृयताले थप उर्जा मिलिरहेको महासंघका सुनसरी जिल्ला अध्यक्ष रामबृक्ष मेहता बताउछन् । केशव भट्टराईको निरन्तरको अभिभावकीय सहयोगले सुनसरी जिल्ला किसान महासंघ प्रदेशकै अब्बल संगठन निर्माणका रुपमा उदाहरण समेत बन्दै गइरहेको छ ।
सोही क्रममा आज सुनसरी जिल्लाको रामधुनी नगर पालिकामा महासंघको नगर समिति निर्माण गरिएको छ । महासंघका केन्द्रीय सदस्य केशव भट्टराईको प्रमुख आतित्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल किसान महासंघका कोशी प्रदेश सदस्य श्री प्रसाद तिवारी, गोपाल प्रसाद दाहाल, सुनसरी जिल्ला सभापति रामबृक्ष मेहेता तथा अन्य स्थानीय किसान अगुवाहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
आजको रामधुनी नगर भेलाले सुरेश भट्टराईको अध्यक्षतामा रामधुनी नगर किसान समिती गठन गरिएको थियो । समितिका अन्य पदाधिकारी तथा सदस्यहरूमा क्रमशः उप सभापतिमा चिरञ्जीवी पौडेल सचीवमा बिरेन्द्र कुमार सरदारसदस्यहरु अनिल सुबेदी, राम कुमार बस्नेत, पवन कार्की, नर बहादुर विश्वकर्मा, दिनेश भट्टराई ,ध्रुब नेपाल,बाबुराम दाहाल,प्रमिला साह,राजु ठाकुर,रमानान्द चौधरी,रुप नारायण चौधरी रहेको महासंघका सुनसरी जिल्ला अध्यक्ष रामबृक्ष मेहताले बताए । नव गठित कार्यसमितिलाई महासंघका केन्द्रीय सदस्य सहितले बधाई तथा सफलकार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपबुवाँखोलाको पानी लिफ्टिङ गरेर जन्तेढुङ्गामा निकालिने
बैशाख २०, २०८१ बिहिबार
संकल्प प्रस्ताव गलत भए अदालत जान कोशीका मुख्यमन्त्री कार्कीलाई सत्ता पक्षको चेतावनी
बैशाख २०, २०८१ बिहिबार
नेपालको पत्रकारिता क्षेत्र लोकतन्त्रको जग : मुख्यमन्त्री कार्की
बैशाख १९, २०८१ बुधबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो
बैशाख २१, २०८१ शुक्रबार