आइजिपी खनाल भन्छन्, ‘प्रहरी बढुवा र भर्नामा भेदभाव छैन’
इन्द्र रिजाल
बैशाख २, २०७६ सोमबार २०:२०:४
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बढुवा र भर्नामा भेदभाव नगरेको बताएका छन् ।
सशस्त्र प्रहरी बल हल्चोकमा सोमबार आयोजित पत्रकार सम्मेलनमा खनालले प्रहरी नियमावलीमा रहेर कर्मचारीको भर्ना र बढुवा गरेका बताएका हुन् । प्रहरी भर्ना र बढुवामा अनियमितता समेत नभएको उनले बताए।
१ वर्षको अवधिमा विभिन्न दर्जामा सशस्त्र प्रहरीमा ३५ सय ६४ भर्ना भएका छन् । ३४ सय १ जना भर्ना प्रक्रियामा रहेका छन् । २९ हजार ३७ जनाको सरुवा र समायोजन भएको छ। ४ हजार ४ सय ३६जनाको बढुवा भएको छ। आचरण विपरित काम गर्ने ५ सय ४८ जना प्रहरी कारबाहीमा परेका छन् ।
साथै खनालले पक्राउ पुर्जीका विषयमा नेपाल प्रहरीसँग आफूहरुको विवाद नभएको समेत प्रष्ट पारे। सशस्त्र र नेपाल प्रहरीको मिलेमतोमा आम नागरिकलाई शान्ति सुरक्षा दिने भइरहेको उनले बताए। इतिहासमा नै यसरी दुई प्रहरी संगठन मिलेर काम नगरेको उनको भनाइ थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपराजश्वको इमाडोलमा छापा, चिनियाँ नाकाबाट आएको करोडौंको भेप बरामद
पुष २८, २०८१ आइतबार
सशस्त्र र नेपाल प्रहरीसम्बन्धी विधेयक संसदमा पेस हुँदै
पुष २७, २०८१ शनिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
कांग्रेसका मन्त्रीलाई देउवाले बोलाए बुढानिलकण्ठ
माघ २, २०८१ बुधबार
कालीगण्डकी नदीमा जलयात्रा गर्दै पर्यटक
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरेका अध्यादेश सार्वजनिक गरिने
माघ २, २०८१ बुधबार
दोस्रो अभ्यास खेल: नेपाल अमेरिकासँग ५ विकेटले पराजित
माघ २, २०८१ बुधबार
पर्यटन उद्योगको विकासका लागि हरसम्भव सहयोग हुने प्रधानमन्त्रीको प्रतिबद्धता
माघ २, २०८१ बुधबार
अधिक तरलता घटाउन बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता तान्दै राष्ट्र बैंक
माघ २, २०८१ बुधबार