मुख्यमन्त्री थापाकाे विश्वासकाे मतसम्बन्धी मुद्दामा सर्वाेच्चकाे पूर्ण इजलासमा सुनुवाइ जारी
नेपालबहस संवाददाता
भदौ १८, २०८० सोमबार १३:१०:१२
१८ भदौ, काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाविरुद्धको मुद्दामा सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ भइरहेको छ ।
मुख्यमन्त्री थापाले भदौ ४ मा प्रदेशसभाबाट लिएको विश्वासको मत असंवैधानिक रहेको भन्दै एमालेका नेता हिक्मतकुमार कार्कीले भदौ ६ मा हालेको मुद्दामा न्यायाधीश सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजसालमा सुनाइ जारी छ । अहिले मुद्दा पक्षका वकिलहरूले बहस गरिरहेका छन् ।
यसअघि भदौ ७ मा न्यायाधीश ईश्वप्रसाद खतिवडाको एकल इजलासले मुद्दाको टुंगो नलागेसम्मका सरकारलाई दीर्घकालीन असर पुर्याउने किसिमका नीतिगत निर्णय नगर्न अन्तरिम आदेश जारीसँगै मुख्यमन्त्री लगायत विपक्षीहरुसँग जवाफ माग गरेको थियो ।
जवाफ पेस भएपछि आइतबार सुनुवाईका लागि न्यायाधीश सपना प्रधान मल्ल र सुष्मालत्ता माथेमाको संयुक्त इजलासमा पेसी तोकिएका उक्त इजलासले पूर्ण इजलासबाट सुनुवाई गर्न आदेश दिएकोे थियो । सोबमोजिम आज ३ जना न्यायाधीशको पूर्ण इजलासबाट सुनुवाइ सुरु भएको हो । सुनुवाइ केही दिन चल्ने देखिएको छ ।
मुद्दाकाे वादी पक्ष कार्कीले थापा नेतृत्वको वर्तमान सरकार बदर गरी प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेका तर्फबाट आफ्नो नेतृत्वमा संविधानको धारा १६८ को (३) बमोजिम सरकार गठन गर्ने परमादेश माग गरेका छ ।
संविधानको धाराा १६८ को (२) बमोजिम साउन १६ मा नियुक्त मुख्यमन्त्री थापाले विश्वासको मत लिँदा प्रदेशसभा संचालन गरिरहेका इस्राइल मन्सुरीको मत समेत गणना गरेपछि मुद्दाको विषय बनेको हो ।
प्रदेशसभामा प्रस्तुत प्रस्तावमाथि मत विभाजन गर्दा बराबर मत परेको अवस्थामा मात्र सभाध्यक्षले निर्णायक मत दिन पाउने व्यवस्था रहेकामा विश्वासको मत लिने प्रस्तावमा पक्षमा ४७ (थापा) र विपक्षमा ३० मत परेको अवस्थामा मन्सुरीको मतसमेत गणना गराएर सभाध्यक्ष मन्सुरीले प्रस्ताव बहुमतले पारित घोषणा गरेको विषयलाई कार्कीले मुद्दा बनाएका हन् ।
थापा यसभन्दा अगाडि पनि मुख्य मन्त्रीमा दाबी पेश गर्दा तत्कालीन सभामुख बाबुराम गौतमलाई प्रद्रेशसभा सदस्यको हैसियतले दाबीपत्रमा हस्ताक्षर गरेपछि हस्ताक्षर बदरका लागि कार्कीले नै हालेको मुद्दामा सर्वाेच्चले दिएकाे आदेशले थापा नेतृत्वको सरकार ढलेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकैलाश सिरोहियालाई अनुसन्धानका लागि ३ दिन म्याद थप
जेठ ९, २०८१ बुधबार
कैलाश सिरोहियाको रिट दर्ता गर्ने वा नगर्ने भन्नेबारे भोलि निर्णय हुने
जेठ ८, २०८१ मंगलबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
बुद्ध जयन्तीको अवसरमा भारतीय राजदूतावासद्धारा विविध कार्यक्रम आयोजना
जेठ ९, २०८१ बुधबार
सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौं : प्रधानमन्त्री
जेठ ९, २०८१ बुधबार
घोडाघोडीमा चरा उत्सव तथा तस्बिर प्रदर्शनी
जेठ ९, २०८१ बुधबार
गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्छ : राप्रपा
जेठ ९, २०८१ बुधबार