एमाले लुम्बिनी अधिवेशनमा उम्मेदवारको नामावली प्रकाशित
नेपालबहस संवाददाता
भदौ १८, २०८० सोमबार १४:३८:३३
१८ भदौ, रुपन्देही । नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा पार्टी प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरूको चयनका लागि उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित गरिएको छ । निर्वाचन कमिटीले जारी गरेको प्रारम्भिक नामावलीको सूचनामा अध्यक्षमा दुई, उपाध्यक्षमा चार र सचिवमा दुई जनाको उम्मेदवारी परेको छ ।
अध्यक्षमा हरि रिजाल र राधाकृष्ण कँडेलको उम्मेदवारी परेको छ । उपाध्यक्ष पुजन विक, भोजप्रसाद श्रेष्ठ, विश्वराज बराल, शान्ताकुमारी वलीले उम्मेदवारी दिएका छन् । यस्तै सचिवमा लक्ष्मण आचार्य र सोमनाथ सापकोटाले उम्मेदवारी दिएका छन् । उपसचिव पुरुष तर्फ उपेन्द्रलाल कामी, दुर्गाप्रसाद थारु र पूर्णबहादुर बुढा मगरले उम्मेदवारी दिएका छन् भने महिला उपसचिवमा लीला राना मगर र बसन्ती अधिकारीले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।
शनिबारदेखि सुरू भएको नेकपा (एमाले) लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा नयाँ नेतृत्वका लागि सबै पदमा आवश्यकभन्दा बढी उम्मेदवारी परेको छ । त्यसैगरी सदस्यहरूमा ३ सय ६४ जनाको उम्मेदवारी परेको छ । ५ पदाधिकारीमा १४ र २ सय सदस्यमा त्यो भन्दा धेरै उम्मेदवारी परेपछि निर्वाचन प्रकृया थालिएको हो ।
अहिले दावी विरोधको समय चलिरहेको र त्यसपछि उम्मेदवरी फिर्ताको समय दिइएको निर्वाचन समितिका सदस्य विष्णु खनालले बताए । उनका अनुसार दावीविरोधपछि साढे २ बजेपछि पुनः उम्मेदवारहरुको नमावली प्रकाशन गरिने छ । अन्य निर्वाचन प्रकृयाको समय भने अहिले तोकिएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
वामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउने प्रयास जारी छः माधव नेपाल
पुष २७, २०८१ शनिबार
आर्थिक संकट मोचनको लागि सात बुँदे सहमति : उपसभापति गुरुङ
पुष २७, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार