बर्दिया कारागारबाट भागेका कैदीबन्दी अझै भेटिएनन्, छानबिन समिति गठन
नेपालबहस संवाददाता
भदौ १८, २०८० सोमबार १५:२२:१३
१८ भदौ, काठमाडौं । कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत बर्दियाबाट दोषी ठहर भई ३० वर्षे सजाय भुक्तान गरिरहेको अवस्थाबीच गुलरियास्थित कारागारबाट भागेका कारागारका भाइ नाइकेसमेत रहेका कैदी बन्दी अजित बुढाक्षेत्री अझै पक्राउ पर्न सकेका छैनन् ।
उनी शनिबार राति अन्य कैदीहरु निद्रामा परेको मौका पारेर १६ फिट हग्लो पर्खाल नाघेर भागेका थिए । ३० वर्षीय अजित २०७१ चैतमा ठाकुरबाबा नगरपालिका–८ का छिमेकी ६९ वर्षीय छिमेकी जोरासिंह थापाको हत्या गरेको गरेको मुद्दामा सजाय काटिरहेका थिए ।
पर्खाल नाघेर भागेको घटनामा छानबिन गर्न बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालको संयोजकत्वमा पाँच सदस्य छानबिन समिति गठन गरिएको छ ।
समितिको सदस्यमा जिल्ला प्रहरी प्रवक्ता डिएसपी हिक्मतबहादुर बोहोरा, प्रहरी वरिष्ठ नायब निरीक्षक प्रदीप कार्की, जिल्ला प्रशासनका प्रशासनिक अधिकृत लोकप्रसाद ढकाल र अनुसन्धान विभागका अधिकृत गोपाल थापा रहेका छन् ।
फरार क्षेत्रीकाे खाेजीका लागि प्रहरीले तालिम प्राप्त कुकर परिचालन गरेकाे छ । सीमा नाकामा कडा चेकजाच जारी राखेकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार