मासु र घाँसमा किसानलाई अनुदान दिने
नेपालबहस संवाददाता
भदौ १८, २०८० सोमबार १६:३२:४९
१८ भदौ, बागलुङ । बागलुङ जिल्ला मासुमा आत्मनिर्भर भइसकेको छ । जिल्लालाई मासुमा आत्मनिर्भर बनाउँदै खसीबोका निर्यात गर्ने उद्देशयले भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले मासु र घाँसमा किसानलाई अनुदान दिने कार्यक्रम ल्याइएको जनाएको छ ।
जनसङ्ख्याका आधारमा जिल्लामा चाहिने मासुमा आत्मनिर्भर भइसकेकाले निर्यात बढाउने उद्देश्यले घाँस र मासुलाई जोडेर अनुदान कार्यक्रम ल्याइएको केन्द्रका वरिष्ठ पशु चिकित्सक डा ऋषिराम सापकोटाले बताए । उनका अनुसार उत्पादनका आधारमा अनुदान अहिलेका व्यावसायिक किसानको माग रहेकाले उत्पादन लक्षित कार्यक्रममा अनुदान दिन थालिएको छ ।
मासुमा आत्मनिर्भर भइसकेकाले मासुको उत्पादन बढाएर निर्यात गर्नका लागि चालु आर्थिक वर्षमा मासु र घाँसलाई जोडेर अनुदानको कार्यक्रम ल्याइएको भन्दै सापकोटाले उत्पादनको आधारमा बाँझो जग्गामा लगाइएको घाँसमा अनुदान दिन रू ३८ लाख बजेट विनियोजन गरिएको जानकारी दिए । बागलुङमा खसीबोकाको उत्पादन राम्रो भइरहेको बताउँदै केन्द्रले घाँसमा आधारित मासु वृद्धिका लागि दुवैमा अनुदानको कार्यक्रम ल्याएको उनको भनाइ थियो ।
“धेरै अनुदानका कार्यक्रम परिमार्जन गरेका छौँ । गाईभैँसीलाई गोठ बनाउने, बाख्रालाई खोर बनाउन लाखौँ लगानी गर्ने खोरमा पशु नहुने अवस्थाले हामीलाई नै समस्या बनायो, उत्पादनका आधारमा अनुदान दिँदा वास्तविक कृषकले लाभ पाउने देखिन्छ”, प्रमुख सापकोटाले भने, “खसीबोकाको मासुलाई आधार मानेर मासुमा अनुदान र बाँझो जग्गामा व्यावसायिक घाँसखेती गर्ने कृषकलाई रोपनीका आधारमा अनुदान दिन थालिएको हो ।”
मासुमा अनुदान कार्यक्रम सहकारी र समूहमार्फत गरिएको सामूहिक बाख्रापालन केन्द्रित बन्ने सापकोटाको भनाइ छ । यस्तै घाँसमा आधारित पशुपालनलाई प्रोत्साहन गर्न र बाँझो जग्गाको सदुपयोग गर्नका लागि घाँसमा समेत अनुदान दिन थालिएको बताउँदै उहाँले यस्तो कार्यक्रम पहिलोपटक ल्याइएको बताए ।
दुवै अनुदानको कार्यक्रमले एउटै उद्देश्य मासुको वृद्धि रहेको बताउँदै प्रदेश सरकारले कार्यविधि बनाएर पठाउने र सोही कार्यविधिअनुसार वितरण गरिने प्रमुख सापकोटाले जानकारी दिए । उनका अनुसार मासुमा प्रतिकेजी रू २० र घाँसमा प्रतिरोपनी रू तीन हजारका दरले बहुवर्षे व्यावसायिक घाँसलाई अनुदान दिइनेछ ।
चालु आवमा एक हजार मेट्रिकटन मासुका लागि रू २० लाख र छ सय रोपनी जग्गाको घाँस खेतीका लागि रू १८ लाखको दरले अनुदान दिइनेछ । भौतिक निर्माणमा अनुदान वितरण गर्दा प्रभावकारी नभएपछि उत्पादनका आधारमा अनुदान दिन थालिएको हो ।
पछिल्लो समय बाँदरको समस्याका कारण जग्गा बाँझो हुँन थालेपछि राज्यले बाँझो जग्गा सदुपयोगको नीतिअनुसार व्यावसायिक घाँसखेती गर्दा जग्गाको सदुपयोग मासुको उत्पादन बढाउने लक्ष्य लिइएको सापकोटाले बताए । उनका अनुसार बाख्रापालनको सम्भावना बढी भएको ठाउँका कृषकलाई लक्षित गरी यो कार्यक्रम सञ्चालन गरिनेछ ।
बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामका दुई सहकारीले गाउँमा उत्पादित खसीबोकाको बजारीकरण गरेर वार्षिक रू तीन करोड भित्र्याउँदै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालिजले बजार नपाउँदा व्यवसायी मारमा
बैशाख २७, २०८१ बिहिबार
स्थानीय जातको कालो सुँगुर जोगाउनै मुश्किल
बैशाख २७, २०८१ बिहिबार
महोत्तरीका किसानले पाए उखुको भुक्तानी
बैशाख २७, २०८१ बिहिबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
बैशाख २७, २०८१ बिहिबार
‘पुजार सार्की मेरो लागि निकै महत्त्वपूर्ण छ’ : पल
बैशाख २७, २०८१ बिहिबार
कालिजले बजार नपाउँदा व्यवसायी मारमा
बैशाख २७, २०८१ बिहिबार
कोशीमा नयाँ सरकार गठनविरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी
बैशाख २७, २०८१ बिहिबार
बजेट थप नहुँदा ५७४ टुक्रे योजना अलपत्र
बैशाख २७, २०८१ बिहिबार
उपेन्द्र यादवको कार्यशैली ठीक नभएको कारण नयाँ दल बनायौं : अशोक राई
बैशाख २७, २०८१ बिहिबार
हाटबजारको खुला शौचले विद्यार्थीमा मनोवैज्ञानिक असर
बैशाख २७, २०८१ बिहिबार