मधेश प्रदेशका सांसद सिंह ज्यान मुद्दामा पक्राउ
नेपालबहस संवाददाता
भदौ १८, २०८० सोमबार १७:७:२५
१८ भदौ, काठमाडौं । मधेश प्रदेशका सांसद अनरिुद्धकुमार सिंह यादवलाई प्रहरीले पक्राउ गरेको छ । गएकाे प्रदेश चुनावमा सप्तरीबाट ४ (२)बाट स्वतन्त्र निर्वाचित प्रदेशसभा सदस्य (प्रदेश सांसद) सिंहलाई प्रहरीले सोमबार राजपिराजबाट पक्राउ गरेको हो ।
सिंहविरुद्ध ज्यान मुद्दा २०६४ देखि मुलतबी रहेको छ । सो मुद्दा अगाडि बढाउने क्रममा उनलाई पक्राउ गरिएको हो । सिंह कांग्रेसकाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार दिएर सप्तरी ४ (२)बाट निर्वाचित भएका हुन् ।
सिंहविरुद्ध बोदेबर्साइन–४ का माओवादी नेता दिपु भनिने गोविन्द चौधरीलाई २०६४ असार ९ गते अपहरण गरी वैरिया टोलमा पुर्याई पाँचवटा गोली हानी हत्या गरेको आरोप छ ।
मृतकका दिदी रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालयमा २०६४ असार १४ गते सिंह समेत नौ जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । हत्यामा संलग्नताका आरोपमा २०७२ देखि जगदीशप्रसाद भगत जेलमा छन् । अर्का आरोपी ताराकान्त धरौटीमा छुटका थिए भने ज्याबुल मियाँले सफाइ पाएका थिए । सिंहसहित बाँकी ७ जना फरार रहेका कारण उनीहरुको मुद्दा मुलतबीमा राखिएको थियो ।
सोही मुद्दामा प्रदेश सदस्य पक्राउ परेका हुन् । उनलाई आजै अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डीआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
क्षतिग्रस्त पुल मर्मतपछि नियमित सञ्चालनमा
मंसिर १३, २०८१ बिहिबार
एक कप चियाको एक लाख !
मंसिर १३, २०८१ बिहिबार
काभ्रेमा सुरु भयो कांग्रेसको सयदिने अभियान
मंसिर १३, २०८१ बिहिबार
कञ्चनपुरबाट खैरो हेरोइनसहित एक जना पक्राउ
मंसिर १३, २०८१ बिहिबार
क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको हत्याका मुख्य आरोपी पक्राउ
मंसिर १३, २०८१ बिहिबार
थाङ्काबाट वार्षिक १५ लाख आम्दानी
मंसिर १३, २०८१ बिहिबार