सरकारले १०० रोपनी जग्गा उपलब्ध गराओस्, क्रिकेट रंगाशाला महानगरले बनाउँछ : मेयर बालेन
नेपालबहस संवाददाता
भदौ १९, २०८० मंगलबार १२:३३:२६
१९ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकका मेयर बालेन्द्र साह ‘बालेन’ले सरकारसँग क्रिकेट रंगाशाला बनाउन १०० (एक सय) रोपनी जग्गा उप्लब्ध गराउन माग गरेका छन् । सोमबार एसिया कप अन्तर्गत श्रीलंकामा नेपाल–भारतबीचको खेल प्रत्यक्ष हेरेका मेयर साहले सरकारले काठमाडौं उपत्यकामा १०० रोपनी जग्गा उप्लब्ध गराए रंगशाला (मैदान) निर्माण महानगरले गर्ने बताएका छन् ।
उनले आज सामाजिक संजालमा हिजो सोमबार श्रीलंकाको पालेके इन्टरनेशल क्रिकेट स्टेडियम (रंगशाला) मा नेपाल–भारतबीचको खेलबारे लामो चर्चा गरेका छन् । चर्चापछि साहले पालेके इन्टरनेशल क्रिकेट स्टेडियम जतिको भौतिक संरचना बनाउन जग्गाबाहेक ८०/९० करोड रुपैयाँ भए पुग्ने र त्यो महानगरले बनाउन कुनै कठिनाइ नरहेको समेत उल्लेख गरेका छन् ।
उनले पलाके रंगशालामा भारतीय टोलीको समर्थक मुश्किलले ४०/५० जना रहेको तर नेपालीहरु दुई हजारको हाराहरीमा समर्थन मैदानमा पुगेको समेत जनाएका छन् । उनले ति नेपालीहरुले कम्तीमा ३० करोड खर्च गरेको अनुमान गरेका छन् ।
उनले लेखेका छन्, ‘नेपाल सरकारले काठमाडौं महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाडौं महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौं ।’
साथै उनले रंगशाला बने खेलको विकास उच्च स्तरमा हुने र रंगशाखा बनाउँदा लाग्ने खर्च भन्दा धेरै रकम एकै खेलबाटै आर्जन हुने समेत बताएका छन् । ‘यस्तो मात्रै रंगशाला र केहि ठूला खेलहरु हुने हो भने खेल विकास हुन सक्छ । र, एकै खेलबाटै करोडौँ रकम आर्जन हुन सक्छ ।’ उनले महानगरले अबको ३ वर्षमा सकेसम्म हरेक वडामा एक हुने गरि बलिङ नेट राख्ने प्रबन्ध पहिले नै गरिसकेको र यसबाट खेलाडी र तल्लो तहमा सिकाइमा सुविधा पुग्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजय ट्रफी : वीरगञ्जमा आर्मीविरुद्ध पुलिस क्लबले ४ रनको झिनो अग्रता
पुष २२, २०८१ सोमबार
एलिट कपका लागि पुलिस क्लबको टोली घोषणा
पुष १९, २०८१ शुक्रबार
एलिट कपः सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा
पुष १८, २०८१ बिहिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार